• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा लघुवित्तबारे फैलिएको भ्रम चिर्न वित्तीय साक्षरता अभियान सञ्चालन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ फागुन २८, आईतबार (३ साल अघि)
    laghubitta-micro_6N2r9P56sQ

    Advertisement

    नवलपुर।लघुवित्त वित्तीय संस्थाविरुद्ध विभिन्न भ्रम फैलाइएको भन्दै नागरिकलाई यसबारे बुझाउन राष्ट्रव्यापीरुपमा वित्तीय साक्षरता अभियान सञ्चालन गरिएको छ । विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं लघुवित्त बैंकर्स सङ्घका पूर्वअध्यक्ष वसन्तराज लम्सालले लघुवित्त विरुद्ध फैलिएको हल्ला निराधार भएकाले नागरिकलाई यथार्थ बुझाउन अभियान सुरु गरिएको बताउनुभयो । कोरोनापछिको आर्थिक मन्दीले ऋण तिर्न गाह्रो हुँदा भ्रम फैलाइएको उल्लेख गर्दै उहाँले सङ्घ र सेवाग्राही जिम्मेवार नबनेको स्थानमा मात्र समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो ।लघुवित्तले नियमविपरीत कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उहाँले आग्रह पनि गर्नुभयो । लघुवित्त वित्तीय संस्थाले बढी ब्याज लिएको भनेर गलत प्रचार गरिएकाले अहिले लघुवित्तले वर्षिकरुपमा बढीमा १५ प्रतिशत ब्याजदर र एक दशमलव पाँच प्रतिशत सेवा शुल्कमात्रै लिएको पूर्वअध्यक्ष लम्सालले जिकिर गर्नुभयो ।“हामीलाई राष्ट्र बैंकले नियमन र निर्देशन गर्दै आएको छ” उहाँले भन्नुभयो, “लघुवित्तले वार्षिकरूपमा १५ प्रतिशत ब्याजदर र एक दशमलव पाँच प्रतिशत प्रतिशत सेवा शुल्क लिन पाउँछ । त्योभन्दा बढी ब्याजदर र सेवा शुल्क लिएको भए हामीलाई खबर गर्नु त्यस्ता संस्थाविरुद्ध कारबाही प्रक्रियामा हामी नै जान्छौँ ।”लघुवित्तले ऋणीलाई ऋण दिने बेलामा बीमा कम्पनीसँगको सहकार्यमा बीमा गरिदिने र त्यसबारे ऋणीलाई जानकारी हुने पूर्वअध्यक्ष लम्सालको भनाइ थियो । “हामीले समुदायमा ऋण प्रवाह गरेका हुन्छौँ, बिनाधितो ऋण दिन्छौँ, कुनै भवितव्य परे ऋणीको परिवारलाई राहत हुन्छ भनेर हामीले बीमा गर्ने गरेका हौँ” उहाँले भन्नुभयो, “बीमा गर्दाको शुल्कबारे ऋणीहरूलाई हामीले बुझाउने गरेका छौँ ।” अहिलेको अवस्थामा अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्तले लिने ऋणको व्याज कम रहेको जनाउँदै उहाँले सदस्यलाई घरमै पुगेर सेवा प्रदान गर्नुपर्दा वार्षिकरुपमा १५ प्रतिशत ब्याजदर लिनुपरेको बताउनुभयो ।

    लघुवित्त वित्तीय संस्थाकै कारण ग्रामीण क्षेत्रका महिलालाई उद्यमी बनाउन सफल भएको, सङ्घको सञ्जाल विस्तार गरी गाउँठाउँमै गुनासो सुन्नेर समाधान गर्ने व्यवस्था मिलाउन लागिएको, यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले अध्ययन गरी समाधान गर्न समिति गठन गरिसकेकोले त्यहाँ छलफल हुने पूर्वअध्यक्ष लम्सालले जानकारी गराउनुभयो ।लघुवित्त वित्तीय संस्थाले देशका ७७ वटै जिल्लामा रहेका स्थानीय तहमा शाखा कार्यालय खोली ६४ वटा लघुवित्त वित्तीय संस्थामार्फत घरदैलोमै वित्तीय सेवा पु¥याउँदै आएका छन् । साठी लाख घरधुरीले १३ लाख समूहमार्फत काम गर्दै आएको सङ्घले जनाएको छ ।महिलालाई वित्तीय साक्षरता, महिला सशक्तीकरण र स्वरोजगार बनाउन ३० वर्षदेखि लघुवित्तको ठूलो योगदान रहेको बताइएकोे छ । सङ्घले देशका ७७ वटै जिल्लामा वित्तीय साक्षरता प्रदान गर्न राष्ट्रिय अभियान सुरुआत गरेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution