
चितवन।भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा सत्तारुढ दल निकट लगायतका विद्यार्थी संगठनले तोडफोड गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया जारी रहेका बेला सत्ता गठबन्धन दल निकट र विप्लव माओवादीको विद्यार्थी संगठनका नेताहरुले क्याम्पसमा तोडफोड गरेका हुन् ।क्याम्पसको टेबल, कुर्ची लगायत महत्वपूर्ण कागजपत्रमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले क्याम्पसमा विद्यार्थी संगठनले लगाएका ताला मंगलबार सुरक्षाकर्मी लगाएर खोलेको थियो ।क्याम्पसका कर्मचारीले मतदाता विद्यार्थीहरुको विवरण आफु निकटका विद्यार्थी संगठनलाई उपलब्ध गराएपछि तोडफोडको घटना भएको माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी)का सप्तगण्डकी सचिव विकास ढकालले बताए । ‘मतदाताको अन्तिम नामावली प्रकाशन भएकै छैन । निर्वाचन प्रक्रिया अघि बढेको छैन । नियमविपरित विद्यार्थीको व्यक्तिगत डाटा बाहिर दिएपछि हामी जवाफ माग्न गएका थियौँ । त्यसक्रममा विद्यार्थीको जमात तोडफोडमा उत्रिएको हो’, उनले भने ।
माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी, विप्लव निकटको अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, नेविसंघ, नेकपा एकिकृत समाजबादी निकट अनेरास्ववियू समाजवादी लगायतका विद्यार्थी संगठनले हिजो एक विज्ञप्ति जारी गरी प्लस टुका विद्यार्थीलाई पनि निर्वाचनमा सहभागी गराउन अनुरोध गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१