
नवलपुर । चितवनसंगै जोडिएको जिल्ला हो नवलपुर (नवलपरासी पूर्व) । यस जिल्लामा बसोबास गर्नेहरुका लागि मुख्य बजार हो नारायणगढ । जिल्ला भित्रमै कावासोती, डण्डालगायत केही ठूला बजार रहे पनि धेरैजसो किनमेलका लागि होस् या उपचार तथा शिक्षाका लागि चितवन नै आउने गरेका छन् । त्यही भएर पछिल्लो समय नवलपुरमा पनि बसोबास गर्न जानेको संख्या बढ्दो क्रममा छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नवलपुर जिल्लामा जनसंख्या वृद्धिदर तिव्र रुपमा बढ्दै गइरहेको छ । जनगणना तथ्यांक अनुसार जनसंख्या वृद्धिदर धनात्मक भएका जिल्लाहरुमा नवलपुर नवौं स्थानमा परेको छ । पहिलो स्थानमा भक्तपुर जिल्ला रहेको छ । जहाँको जनसंख्या वृद्धिदर ३.३५ प्रतिशत रहेको छ । चितवनको तेस्रो स्थानमा रहँदै जनसंख्या वृद्धिदर २.०७ प्रतिशत रहेको छ । नवलपुर जिल्लामा विशेषगरि पछिल्लो समय गैंडाकोट नगरपालिका र अन्य केही नगरपालिकामा बसाई सराई गरि आउनेको संख्या बढ्दै गइरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१