
कावासोती । पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ । आइतबार दिउँसो चरन बस्तीमा बम देखेपछि स्थानीयहरू त्रसित छन् । बारीमा मुला र गाजर सुकाए जस्तै गरी थुप्रै बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । सर्दीका स्थानीय बासिन्दा रुकेश तरामुका अनुसार आफ्ना बाबुनानीले जंगल नजिकै बारीमा ती बमका गोला देखेका हुन् ।
बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा बम फेला परेको हो । जंगलमा चौपाया चराउन गएका किसानहरूले देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो ।
भारतीय सेनाका पूर्वसैनिक समेत रहेका तरामुका अनुसार ती ८१ एमएम मोटरको बम (गोला) हुन् । साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गरे । जिल्ला प्रहरीका निमित्त प्रमुख सन्तोष पाठकले भर्खरै यसबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली पठाउने बताएका छन् । ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१