
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानमा सयौं थुंगाभन्दा अगाडिको धुन हटाउन सरकारसँग माग गरेका छन् । बाराको उपचुनावका लागि कार्यकर्ता भेलालाई सम्बोधनको क्रममा उनले सरकारले राष्ट्रिय गान जस्तो कुरामा ध्यान दिनुपर्ने बताए ।उनले भने, ‘राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउने हाम्रो प्रचलन होइन र छैन । म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु राष्ट्रिय गान अगाडि प्याप्या‘धुन बजाउँछ । सयौं थुंगा फूलका हामी‘ भन्ने भन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाइनुपर्छ । त्यो राष्ट्रिय गानभित्र पर्दैन । र, राष्ट्रिय धुन पनि होइन । अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन म सरकारको ध्यानाकर्षण गराउँछु ।’
राष्ट्रिय गान शब्दबाट सुरू भएर शब्दबाटै अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१