
जनकपुरधाम ।काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि दुर्व्यवहार भएको हो ।स्थानीय निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्रले उनीमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । गत फागुन २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर कुटपिटसहित चोकको विद्युत पोलमा पाता कसेर, केस मुण्डन गरी मोसो दलेर अमानवीय व्यवहार गरेका हुन् । प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेको छ ।उनीमाथि अमानवीय अपमानजनक व्यबहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए ।
मुस्लिम धर्माम्बलम्बीको अहिले रमजान चलिरहेको छ । पीडित परिवारका अनुसार रमजान मनाउन निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला नदाफले मागरेका थिए ।पटक-पटक ज्याला माग गर्दा नदिएपछि उनले काम गर्दैगर्दा लगेको औजार लगेका थिए ।
औजार लिएर आउनु पैसा दिन्छु भनेर शिव आश्रममा बोलाएर चोरीको आरोप लगाउँदै चोकमा लगेर अमानवीय व्यवहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।पीडितले जिल्ला प्रहरी कार्यालयमा मिश्र लगायतमाथि किटानी जाहेर दिएका छन् । अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँचवर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१