
बुलिङटार । नेकपा (एमाले)का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गरूङले एमालेले देश बनाउने याेजना स्पष्ट रूपमा जनताकाे बीचमा लैजादा देशी बिदेशीकाे घेराबन्दीमा परेकाे बताउनु भएकाे छ । चुनावमा प्रत्यक्ष रूपमा अन्य दलहरूकाे गठबन्धन भयाे त्याे एमालेलाई राेक्न मात्र थिएन राष्ट्रकाे प्रगति राेक्ने काम भयाे उहाले भन्नुभयाे-“अहिले एमाले सरकारले ल्याएका काम हेर्नुहाेस् र गठबन्धन संग तुलना गर्नुहाेस् त्याे तुलाेमा एमालेलाई उठाउन गठबन्धनले सक्दैन ” ।
नेकपा (एमाले) बुलिङटार गाउँपालिका स्तरिय प्रशिक्षण कार्यक्रममा बाेल्दै गुरूङले एक्लै एक्लै चुनाव लड्दा कुनै दलले एमालेलाई जित्न नसक्ने दावी गर्नुभयाे । अाधारभुत स्वास्थ्य र शिक्षाकाे क्षेत्रमा एमाले थालेकाे कामले गाउँमा परिवर्तन देखिन थालेकाे उहाँले बताउनु भयाे ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् मिसन ग्रासरूट अभियानका प्रमुख अभियान्ता जमिन्द्र मान घलेले अभियानका उपलब्धिका बारेमा चर्चा गर्नुभएकाे थियाे । केन्द्रीय सदस्य कृष्णप्रसाद पाैडेल, गण्डकी प्रदेशका अान्तरिक मामिला तथा कानुन मन्त्री राेशनबहादुर गाहा, प्रदेश सदस्यद्वय अाेम शर्मा, बाबुराम वि.क जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी, कृष्णबहादुर नेपाली, लगाएतकाले बाेल्नु भएकाे थियाे ।
कार्यक्रम जिल्ला कमिटीबाट खटिएका अभियान्ता विद्रोही गिरीकाे सञ्चालन र कमिटीका अध्यक्ष मनवीर पुलामीकाे अध्यक्षतामा भएकाे थियाे ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१