
खगेन्द्र पराजुली , नवलपुर। नवलपुरमा पछिल्लो समय शून्यमा रहेको कोरोना भाइरस संक्रमण फेरी देखा पर्न थालेको छ । अहिले जिल्लामा सक्रिय संक्रमित ४ जना भेटिएका छन् । सोमवार २ जना र मंगलवार २ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । संक्रमण पुष्टि हुने चारै जना कावासोतीका रहेका छन् । अहिले उनीहरु होम आईशोलनमा रहेका स्वास्थ्य कार्यालयका प्रयोगशाला निरिक्षक डिल्लीराम तिवारीले जानकारी दिए ।
यसैबीच, जिल्लामा संक्रमित भेटिन थालेपछि जिल्ला कोभिड ब्यवस्थापन समिति (डिसीएमसी) को बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा बुधवार बिहान बसेको बैठकले संक्रमण रोकथाम, नियन्त्रणका सन्दर्भमा निर्णय गरेको छ । बैठकमा स्वास्थ्य कार्यालय नवलपुरले कोभिड १९ को हालसम्मको स्थिति र भए गरेका क्रियाकलाप प्रस्तुत गरेको थियो । यही चैत महिनादेखि देशका विभिन्न जिल्लामा बढ्दै गएको कोरोना भाइरस नवलपुरमा समेत देखा पर्न थालेपछि सबैलाई सचेतना अपनाउन भनिएको छ । सम्पूर्ण सरकारी, गैरसरकारी तथा शैक्षिक संस्था, एवं नागरिकले जन–स्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सचेतना फैलाउनुपर्ने निर्णय गरेको छ । यस्तै, गण्डकी प्रदेशको एकमात्र सीमानाका त्रिवेणी सुस्तामा भारतबाट आवतजावत गर्ने ब्यक्तिमा तत्काल कोभिड १९, मलेरिया, डेङ्गु, लगायतका संक्रामक रोगको नियमित परिक्षणको प्रवन्ध मिलाउदै कार्यान्वयन थाल्ने निर्णय गरेको छ ।
नाकामा नियमित परिक्षण गर्न विनयी त्रिवेणी गाउँपालिकाले स्वास्थ्यकर्मी ब्यवस्थापन मिलाउने, स्वास्थ्य कार्यालय नवलपुरले परिक्षण किट तथा अन्य आवश्यक सामग्रीको प्रवन्ध गर्ने र थप जनशक्तिका लागि प्रदेश र संघ सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयमा आग्रह गर्ने निर्णय भएको जनाईएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१