• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ : ओली

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख १, शुक्रबार (३ साल अघि)
    _116186685_kp_oli

    Advertisement

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बितेको वर्ष सुखद् हुन नसकेको बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना दिँदै अध्यक्ष ओलीले राजनीतिक स्थिरताको दृष्टिकोणले बितेको वर्ष सुखद हुन नसकेको बताएका हुन्।एमालेले सरकार छोडेपछि राष्ट्रहित संरक्षण, सुशासन, विकास र समृद्धिको यात्रा अवरुद्ध भएको भन्दै ओलीले विकास र समृद्धिको यात्रा अघि बढाउने प्रयास गरे पनि अवसरवादी चरित्रका कारण उक्त प्रयास सफल नभएको दाबी गरे। उनले मुलुक निर्माणको प्राथमिकताबाट विमुख, भ्रष्टाचार, कुशासन, विसंगति, बेथिति र अस्थिरताका पुराना दुःषित खेलको पुनरावृत्ति भएको टिप्पणी गरे। अध्यक्ष ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिँदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको उल्लेख गरेका छन्।

    आफूले सुरु गरेको विकासको राष्ट्रिय बहस सेलाएको र त्यसको ठाउँमा सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्य स्रोतको दोहन मौलाएको उनले उल्लेख गरेका छन्।

    नयाँ वर्षको शुभकामना

    आज विक्रम संवत् २०८० को पहिलो दिन, अर्थात् वैशाख १ गते। यस दिनलाई हामी नेपालीले आफ्नो मौलिक परम्परा अनुरूपको नयाँ वर्षको पहिलो दिनको रूपमा मनाउँदै आएका छौं। यस सुखद अवसरमा म स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।

    हाम्रो तीव्र दवावका कारण संविधान प्राप्तिपछिको दोस्रो स्थानीय, प्रदेशसभा र संघीय तहको आम निर्वाचन यही बीचमा सम्पन्न भयो। नेकपा ९एमाले० ले सिद्धान्तहीन राजनीतिक सिण्डीकेटको आधारमा बनेको सत्ता गठबन्धनसँग एक्लै चुनावको सामना गर्नु पर्‍यो। हामीले सरकार छोडेसँगै अवरुद्ध भएको राष्ट्रहित संरक्षण, सुशासन, विकास र समृद्धिको यात्रा पुनः अघि बढाउन राजनीतिक स्थिरता आवश्यक थियो। तर निर्वाचन एजेण्डामा आधारित नभएर सिद्धान्तहीन गठबन्धन गरी सत्ता हत्याउने औपचारिकतामा मात्र सीमित हुन पुगेकाले राजनीतिक स्थिरताको दृष्टिकोणबाट बितेको वर्ष सुखद रहन सकेन।

    निर्वाचनपछि नेकपा ९एमाले० ले मुलुकलाई स्थिर राजनीतिमा फर्काएर अवरुद्ध रहेको विकास र समृद्धिको यात्रा अघि बढाउने प्रयास गरेको थियो। तर बारम्बार प्रकट हुने अवसरवादी चरित्रका कारण हाम्रो उक्त प्रयास सफल हुन सकेन र मुलुकमा निर्माणको प्राथमिकताबाट विमुख, भ्रष्टाचार, कुशासन, विसंगति, बेथिति र अस्थिरताका पुराना दुःषित खेलको पुनरावृत्ति हुन पुग्यो। बितेको वर्षमा भएको आम निर्वाचनबाट हामीले चाहेजस्तो बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसक्दा गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ। राष्ट्रिय हितलाई तिलाञ्जली दिँदै क्षणिक र निजी स्वार्थ आधारित कुटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ।

    केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहस सेलाएको छ र त्यसको ठाउँमा सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहन मौलाएको छ। यस्ता कुराहरुलाई सामान्य र स्वाभाविक रूपमा लिन थालिएको छ। यतिखेर मुलुक आर्थिक सङ्कट उन्मुख छ। राज्यको ढुकुटी ऋणात्मक बन्न पुगेको छ। हामीले नागरिकहरुको सामाजिक सुरक्षाका लागि सुरु गरेका कार्यक्रमहरू बन्द गर्ने बहस सत्तापक्षले बाहिर ल्याइरहेको छ। हाम्रो नेतृत्वको सरकारले दुरुस्त छोडेको अर्थतन्त्र भत्किएको छ। तर गठबन्धनवालाहरुको ध्यान भने आर्थिक समस्या समाधानमा भन्दा आफ्नै स्वार्थसिद्धिमा केन्द्रित छ। मूल्य वृद्धिदर हाम्रो सरकारको समयमा भन्दा दोब्वर भएको छ। बैंकिङ प्रणालीवाट वाहिर गएको रकम बैंकमा फर्कन सकेको छैन। तरलताको संकट भयावह हुँदैछ। आर्थिक मन्दी र वित्तीय अराजकताले नागरिकहरु चरम रूपमा निराश हुन थालेका छन्। सरकार यसको कारणको खोजीमा होइन, भागबण्डामा राज्य दोहनको तारतम्य मिलाउनै व्यस्त छ। यसले देशको अर्थतन्त्र धराशायी बन्दै गएको छ।

    एमाले विरुद्ध महागठबन्धन निर्माण गरी भएको चुनावमा पनि जनताको विश्वासका कारण नेकपा (एमाले) पहिलो लोकप्रिय राजनीतिक दलको रूपमा रहन सक्यो। अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र राजनीतिलाई झन् अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्ने प्रवृत्तिलाई निस्तेज पार्न एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनु पर्दछ। मुलुक निर्माणको स्पष्ट दृष्टिकोण, दिशा र कार्यक्रम रहेको पार्टी नेकपा (एमाले) लाई बलियो नबनाई राजनीतिक स्थिरता सम्भव छैन र राजनीतिक स्थिरता बिना विगतमा हामीले थालनी गरेका विकास र समृद्धिका कार्यक्रमहरू अघि बढ्न सक्दैनन्। बलियो राष्ट्रिय शक्ति निर्माणले नै राष्ट्रहितको रक्षा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्रतिकूलका दुश्प्रयासहरुलाई परास्त गर्दै विकास र समृद्धि तर्फको यात्रामा मुलुकलाई अघि बढाउन सम्भव हुन्छ।

    त्यसका लागि जनतालाई आफू र आफ्ना सन्ततिको सुनिश्चित भविष्यप्रति आश्वस्त बनाउनु पर्छ। जनतामा पैदा भएको निराशा चिर्दै बलियो राष्ट्रिय शक्ति मार्फत मुलुकलाई अघि बढाउन नेकपा (एमाले) सक्रिय छ। हामीले बितेको वर्षका अन्तिम दुई महीना नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न ‘मिसन ग्रासरुट’ अभियान थालनी गरेका छौं। सिद्धान्तहीन सिण्डीकेटको राजनीतिबाट मुक्त गर्दै जनताको निराशा चिर्न, सुशासन, विकास र राष्ट्रिय हितको रक्षा गर्न नेकपा (एमाले)लाई बलियो बनाउन यस अभियानले मद्दत पुग्ने छ।

    नयाँ वर्षको यस अवसरमा म समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने हाम्रो गन्तव्यमा साथ र सहयोग प्रदान गर्न आम देशवासी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु।

    नयाँ वर्ष विक्रम संवत् २०८० को पुनः हार्दिक शुभकामना।

    १ वैशाख २०८०

    ओली केपी शर्मा ओली

    अध्यक्ष
    नेपाल कम्युनिस्ट पार्टी (एमाले)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution