• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २२, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

२

जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

३

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

४

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

५

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

६

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

७

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

८

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

९

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

१०

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

११

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनको तीन हजार ९०० हेक्टर वन क्षेत्रमा डढेलो, फैलियो वायु प्रदूषण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख २, शनिबार (३ साल अघि)
    dadhelo_W7423ykHDy

    Advertisement

    चितवन।चितवनको झण्डै तीन हजार ९०० हेक्टर वन क्षेत्रमा पछिल्लो एक महिनादेखि डढेलो लागेको छ ।डिभिजन वन कार्यालय चितवनका सूचना अधिकृत बालकृष्ण खनालका अनुसार गत चैत १३ गतेसम्मको तथ्यांकमा चितवनको तीन हजार ९०० हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो ।सूचना अधिकृत खनालले फागुन २५ गतेदेखि डढेलो लाग्न सुरु भएको वन क्षेत्रमा नियन्त्रण गर्दा पनि कतिपय ठाउँमा अझै कायमै रहेको नारायणी अनलाइनलाई जानकारी दिए ।वनमा लागेको डढेलो कायमै रहे पनि नियन्त्रण बाहिर नगएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकृत खनालले जानकारी दिए । सूचना अधिकृत खनालले एक हजार १५० हेक्टर क्षेत्रफलमा राष्ट्रिय वन र सामुदायिक, कबुलियती तथा अन्य राजमार्ग छेउमा रहेका वनहरुमा दुई हजार ७५० हेक्टर क्षेत्रफलमा डढेलो लागेको बताए । उनले भने,‘ झन्डै तीन हजार ९०० हेक्टर वनमा डढेलो सल्केको पाइयो, जहाँजहाँ डढेलो लागेको छ, त्यहाँ साना–साना बोटबिरूवाहरु मरेका छन् भने वन्यजन्तुलाई पनि असर परेको छ ।’भरतपुर महानगर वडा नं–१, २, ११ र १२ मा रहेको वन क्षेत्रमा डढेलो लागेको खनालले बताए । उनले इच्छाकामना गाउँपालिकाको ७ नं वडामा रहेको वनमा पनि चैत २९ गते देखि डढेलो लागेको जानकारी दिए । उनले भने, ‘अझै चितवनका वन क्षेत्रमा लागेको डढेलो पूर्ण नियन्त्रणमा आइसकेको छैन, तर नियन्त्रण बाहिर पनि गएको छैन, जोखिम कम हुँदै गइरहेको छ ।’ उनले फागुनको अन्तिम साताबाट चितवनको वनमा डढेलो लाग्न सुरु भएको बताए । उनले भने, ‘पानी नपर्दासम्म डढेलोको जोखिम रहन्छ, गत वर्ष भन्दा यस वर्षमा धेरै जोखिम रहने देखिएको छ ।’ उनले पानी परेन भने जेठको १५ सम्ममा डढेलोको उच्च जोखिम हुने बताए ।

    चितवनमा रहेका बरण्डाभार वन क्षेत्रमा डढेलोको जोखिम बढी छ । विशेषगरी चैत–वैशाख र जेठ महिनामा वनमा बर्सेनि डढेलो लाग्दै आइरहेको छ । राजमार्ग र बस्तीसँग जोडिएका सामुदायिक वनहरुमा डढेलोको जोखिम बढी रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।डिभिजन वन कार्यालयले नियुक्त गरेको १० कर्मचारी, सामुदायिक वनका कर्मचारी, हरित स्वयंसेवकलगायतले धेरै ठाउँमा लागेको डढेलोे नियन्त्रणमा लिन सहयोग पु¥याएको बताए । उनले भने, ‘अब एक÷दुई ठाउँमा बाँकी होला, तर धेरै ठाउँमा नियन्त्रणमा आइसकेको छ ।’ यहाँका १७ सामुदायिक वनहरुमा सालको रुख बढी छ, सुकेका पातहरु प्रशस्त झर्छ, वनसँगै बस्तीहरु जोडिएका छन्, राजमार्ग छेउमा जंगलहरु छन्, जसका कारण आगलागी तथा डढेलोको जोखिम बढी हुने डिभिजन वन कार्यालयले जनाएको छ । आगलागीको घटना हुन नदिन सबैभन्दा ठूलो सचेतना हो, सामूहिक प्रयासकै कारण आगलागीको घटना हुनबाट बच्न सकिने खनाल बताउँछन् ।

    उनले भने, ‘यसवर्ष समयमा पानी परेन, सुख्खा समय रहेका कारण डढेलो बढी लाग्यो ।’ हेरालुहरुलाई सजग गराइएको छ, डढेलो नियन्त्रणमा खटिने कर्मचारीदेखि औजारहरुलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ । उनले मौसम सफा नहुँदा, पानी नपर्दा वायु प्रदूषण भएको बताए । उनले वायु प्रदूषणका कारण आँखा पोल्ने, स्वास प्रस्वासमा समस्या,दमलगायत हुने बताए ।वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलका अनुसार चितवन, पर्सा, प्युठानलगायतका क्षेत्रमा अन्यत्र भन्दा बढी डढेलो फैलिएको छ । डढेलोका कारण वायु प्रदूषण अत्यधिक बढेको बताए । उनले बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको बताए । उनले भने, ‘प्रदूषणका कारण आँखा पोल्ने, स्वासप्रस्वासमा समस्या हुने, मुटुका बिरामीहरु बढी प्रभावित हुन्छन् ।’ उनले फोहोरजन्य पदार्थ बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगरी दिन अनुरोध गरेका छन् । फोहोर जन्य वस्तु बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगर्न र विशेष सावधानी अपनाउन प्रवक्ता पौडेलले अनुरोध गरेका छन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात


  • Advertisement

    समाचार
  • १

    जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • २

    जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • ३

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • ४

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ५

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ६

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ७

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ८

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ९

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • १०

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution