चितवन।मुग्लिन बजार चोकमा राजमार्ग छेकेर धर्ना बसेका लघुवित्त पिडितहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।आइतबार बिहानदेखी धर्ना बसेका प्रदर्शनकारीहरु तितरबितर गराउन प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको हो ।इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि अश्रुग्याँस प्रहार गरिएको छ । अश्रुग्याँस प्रहारपछि भीड तितरबितर भएको छ । एकजना घाइते भएका छन् । उनको स्थानीय हाइवे अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
लघुबित्तपीडितहरुले सोमबार बिहान १० बजेदेखि पृथ्वी राजमार्ग छेकेर प्रदर्शन गरिरहेका थिए । राजमार्गमा धर्नाका कारण मुग्लिन हुँदै काठमाडौँ, पोखरा, चितवन जाने यात्रुहरु हैरान भएका थिए । चितवनसहित देशभरका विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरु आइतबारदेखि सडकमै पकाउने, खाने, सडकमै सुत्ने गरेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१