• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रभावकारी भएन दिवा खाजाः जङ्क फुड खान्छन बालबालिका

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख ६, बुधबार (३ साल अघि)
    diwa_khaja

    Advertisement

    ढोरपाटन । सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्था गरेको छ । दिवा खाजाले बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुने गरे पनि खाजाको गुणस्तरमाथि बेलाबेला प्रश्न उठिराखेको छ ।सरकारले कक्षा छ सम्मका विद्यार्थीलाई दैनिक रु १५ उपलब्ध गराउँदै आएको छ । विद्यालयमा ताजा र पौष्टिक आहारयुक्त खाजा खुवाउने निर्देशिका भए पनि यहाँका अधिकांश विद्यार्थीले घरबाटै खाजा बोकेर आउने गरेको पाइन्छ । विद्यार्थीले घरबाटै लिएर आउने खाजा गुणस्तरहीन हुने गरेको छ ।उनीहरुले घरबाट ल्याउने खाजा प्राङ्गारिक भए पनि बासी हुँदा विद्यार्थी बिरामी पर्ने गरेका छन् । विद्यार्थीले हरेक दिन पाउने रु १५ खाजाका लागि पर्याप्त नभएको स्थानीय तहले नियमित पनि निगरानी गर्न नसक्दा दिवा खाजा प्रभावकारी बन्न नसकेको अभिभावकहरू बताउँछन् । विद्यालयले निर्देशिकाभन्दा बाहिर गएर आफ्नो हिसाबले विद्यार्थीलाई खाजाको व्यवस्था गरेका छन् । कुनै विद्यालयले क्यान्टिन तथा स्थानीयवासीलाई खाजा बनाउने जिम्मा दिएको पाइन्छ, केहीले अभिभावकलाई नै जिम्मा दिएका छन् भने केहीले मात्रै आफैँले बनाएर खुवाउने गरेका छन् ।

    विद्यार्थीले आफैँ ल्याउने खाजामा चाउचाउ, बिस्कुटलगायत पसलमा पाइने जङ्क फुड बोकेर आउने गरेका छन् । पालिका, विद्यालय तथा अभिभावक अहिलेसम्म पूर्णरुपमा जिम्मेवार बन्न नसक्दा बालबालिकाहरु पौष्टिक खाजा खानबाट वञ्चित भएका छन् । जिल्लामा अहिले पाँच सय १४ सामुदायिक विद्यालयमा ६२ हजार तीन सय २१ विद्यार्थी अध्ययन गर्दै आएका छन् । त्यसमध्ये अधिकाशं कक्षा छसम्म पढ्ने विद्यार्थी छन् । विद्यालयमै खाजा नबनाउँदा बालबालिकाले बासी र पौष्टिक आहार नष्ट भएको खाजा खाने गरेको अभिावक सीताकुमारी कार्कीको भनाइ छ ।बढ्दो महङ्गीका कारण सरकारले उपलब्ध गराएको रु १५ ले एउटा अन्डासमेत किन्न नपुग्ने भन्दै बालबालिकाले पेटभरि खाजा खान नपाएको गुनासो उनी गछिन । कार्की भन्छिन, “विद्यालयमै खाजा बनाएर खुवाउनुपर्ने हो तर बालबालिकाले बिहानै झोलामा बोकेर जान्छन्, दिउँसोसम्म खाजामा हुने पौष्टिक तत्व पनि घट्छ, बिहान जाता र तातो बनाएर पठायो, उनीहरुले खाने बेलासम्म सेलाएर बासी बन्छ ।”

    विद्यालयले उपलब्ध गराएको खाजाले पेट नभरिने भएका कारण बालबालिका घरबाट पैसा लगेर पसलका पत्रु खानेकुरा किनेर खान नछाडेको अभिभावक मीनबहादुर खत्री बताछिन । विद्यालयले उचित व्यवस्था गर्न सके विद्यार्थीले जङ्क फुडतर्फ आकर्षित नहुने उनको भनाइ छ । “विद्यार्थी धेरै हुन्छन्, विद्यालयमै एकजना कर्मचारी राखेर खाजा बनाएर दिए बालबालिकाहरुले ताजा खाजा खान पाउने थिए, भोकाएर बाहिर गइ चाउचाउ र बिस्कुट खान पर्ने थिएन”, अभिभावक खत्री भन्छिन।बागलुङ नगरपालिका–४ स्थित कुँडुले माविका प्रधानाध्यापक हिरालाल कँडेल जनशक्ति कम हुँदा विद्यालयमै खाजा बनाएर खुवाउन नसकिएको बताउछिन । विद्यालय वरपरका पसलमा खाजा बनाउनका लागि आग्रह गरे पनि सरकारले उपलब्ध गराएको रकम कम हुँदा बनाउन नमानेको उनको भनाइ छ ।विद्यार्थीले हरेक दिन फरक–फरक खाजा लिएर आउने गरेका छन् । “अहिले विद्यार्थीलाई स्कुलमै खाजा बनाएर खुवाउन सकिएको छैन, उनीहरुले घरबाटै खाजा लिएर आउने गरेकाले विद्यालयले पैसा दिने गरेको छ”, प्रधानाध्यपक कँडेल भन्छन, “स्थानीयस्तरमा उत्पादित वस्तुलाई खाजाका रुपमा प्रयोग गरेको पाइन्छ, कहिले भात भुटेर ल्याउँछन्, कहिले रोटी, सातुलगायत खाजा ल्याउँछन्, जङ्क फुड निषेध नै छ, हामीहरुले अभिभावकलाई खाजाको समय तालिका बनाएर दिएका छौँ, उनीहरुले सोही अनुसार खाजा बनाएर पठाउछन ।”

    बागलुङ नगरपालिकाका शिक्षा शाखाप्रमुख धनप्रसाद पोखरेल दिवा खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित भएको बताउछन । उनले पहिलेको तुलनामा विद्यार्थी घटे पनि नियमित उपस्थित हुने बालबालिकाको सङ्ख्या बढिरहेको छ भन्नुहुन्छ । नगरपालिकाले बालबालिकालाई विद्यालयमै खाजा खुवाउने गरी व्यवस्थापन गर्न निर्देशन गरे पनि अहिले धेरै विद्यालयले बालबालिकालाई खाजा घरबाटै ल्याउन लगाएको पाइएको शाखाप्रमुख पोखरेलको भनाइ छ ।“बालबालिकाको स्वास्थ्यका लागि विद्यालयले नै खाजा खुवाउनुपर्छ, बिहान बोकेर आएको खाजा दिउँसोसम्म चिसो हुन्छ, त्यसले उनीहरुको स्वास्थ्यमा असर गर्छ, यसका लागि विद्यालय र अभिभावक जिम्मेवार बन्नुपर्छ,” उनी भन्छन, “नगरपालिकाले समय–समयमा अनुगमन गरिरहेको छ, धेरै विद्यालयमा खाजा नबनाएको पायौँ, अब नयाँ शैक्षिक सत्रदेखि सबैलाई विद्यालयमै खाजा बनाउन निर्देशन गर्छौं, खाजाले बालबालिकालाई नियमित विद्यालय आउनका लागि प्रेरित गरेको पाएका छौँ, खाजा स्वच्छ, ताजा र पोषणयुक्त हुनुपर्छ भन्नेमा हामीहरुले जोड दिई राखेका छौँ ।”

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution