
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप शुक्रबारबाट धर्ना सुरु गरेका हुन् ।महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
धर्ना सुरु गर्नुअघि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने माग प्रमुख माग रहेको बताए । त्यो कोष सन्चालन गरी अनुसन्धान गर्नेहरुलाई दिनका लागि सहज किसिमको ऐन कानुन बनाउनुपर्ने मागसमेत उनले राखेका छन् ।आफ्ना मागबारे उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जानकारीसमेत गराएका थिए ।त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका पुनलाई सरकारले हाल वीरगञ्जको कृषि औजार कारखाना प्रयोग गर्न दिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१