चितवन, वैशाख १९-
प्रहरीले नर्स मृत्यु प्रकरणमा प्रेमी भनिएका डा. सुजन ढकाललाई पक्राउ गरेको छ ।चितवन स्थायी ठेगना भई काठमाडौँमा काम गर्दै आएकी नर्स अनुमा श्रेष्ठले ढकालको घर बोहराटारमा आत्महत्या गरेकी थिइन् । श्रेष्ठका परिवार काठमाडौँ गएर डा. ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा निवेदन दिएका थिए।डा. ढकाललाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । गत शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ बोहराटारस्थित ढकालको घरमा २९ वर्षीया श्रेष्ठ मृत फेला परेको थिइन् । उनी डाक्टर सुजनसँग प्रेम सम्बन्धमा रहेको र विवाह गर्न नमानेकाले उनकै घरमा गएर आत्महत्या परिवारको आरोप थियो । अनुमाको परिवारले डाक्टर सुजनविरूद्ध आत्महत्या दुरूत्सानका जाहेरी दिएका थिए।
भरतपुर महानगरपालिका–१ नारायणगढ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ काठमाडौँ वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज हुन् ।अनुमाको प्रेमी भनिएका सुजन कान्ति बाल अस्पतालका डाक्टर हुन् । आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेको थियो । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१