
दाङ । दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका- १२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय महेश बिक रहेका छन् । बुधबार बेलुका ६ बजे तुलसीपुर उपमहागरपालिका-६ स्थित विद्युत कार्यालय नजिकै आफ्नो अफिसको विज्ञापन बोर्ड फेर्ने क्रममा बिकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।
उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको गौतमले बताए । मृतक बिक तुलसीपुरमा जापानिज भाषा पढाउँदै आएका थिए । त्यस्तै करेन्ट लागेर पुथा उत्तरगंगा गाउँपालिकाका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालका-४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन् । उनीहरु दुवै जनाको उपचार बाँकेको नेपालगंजस्थित नरसिंह होममा भइरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१