चितवन, जेठ १-
चितवनमा पहिलोपटक सुरु भएको शाहसिक खेल प्याराग्लाईडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीहरुले विभिन्न प्याकेजहरु ल्याउने भएका छन् ।नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिवद्धता जनाउन होटल व्यवसायीहरुले प्याकेज ल्याउने तयारी गरेका हुन् । हिमालय फ्रन्टियर्स प्याराग्लाईडिङ प्रा.लि.ले आज (सोमबार) भरतपुरमा गरेको छलफल कार्यक्रममा होटल व्यवसायीहरुले चितवनका नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न विभिन्न प्याकेजहरु अघि बढाउने प्रतिवद्धता जनाएका छन् । होटेल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले नयाँ पर्यटकीय गन्तव्यले पर्यटकहरुलाई चितवनको बसाई लम्ब्याउने भएकाले त्यस्ता गन्तव्यहरुको प्रवद्र्धनमा होटल व्यवसायीहरुले सघाउने बताए । ‘चितवनको लागि यो नितान्त नौलो र नयाँ गन्तव्य हो, यसले चितवनमा पर्यटक भित्र्याउन थप मद्धत पुग्छ’–अध्यक्ष चुकेले भने । उनले वैशाख १ गतेबाट भरतपुर–२९ चौकीडाँडाबाट सुरु भएको प्याराग्लाईडिङले चितवनको पर्यटनमा नयाँ आयाम थपिएको भन्दै यसलाई जोगाउन सबैको दायित्व भएको बताए । वैशाख १ गतेदेखि अनौपचारिक रुपमा उडान सुरु भएपनि प्याराग्लाइडिङको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रुपमा उद्घाटन गरेका थिए । जिल्लामा पर्यटकीय गन्तव्यहरु धेरै नहुँदा पर्यटकहरुको बसाई लम्ब्याउन कठिन भइरहेको भन्दै नयाँ–नयाँ गन्तव्य निर्माणमा पनि जोड दिनुपर्ने बताए । ‘चितवनमा धेरै पर्यटकीय गन्तव्यहरु दिन नसक्दा विदेशी पर्यटकहरु छोटो समयमै चितवनबाट फर्किने गरेका छन्, यस खेलले उनीहरुलाई थप चितवन बसाइ लम्ब्याउन मद्धत पुग्नेछ’–अध्यक्ष चुकेले भने ।होटल व्यवसायी संघ चितवनका अध्यक्ष केशव हाडखोलेले भरतपुरका सबै होटलहरुले प्याराग्लाइडिङको प्रवद्र्धनका सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘हामी भरतपुरबासीका लागि यो झनै खुशीको कुरा हो, आफ्नै ठाउँमा नयाँ गन्तव्यको सुरुवात हुनु गौरवको विषय हो’–अध्यक्ष हाडखोलेले भने ।हिमालय फ्रन्टियर्स प्याराग्लाईडिङका अध्यक्ष विजय बहादुर घलेले पहिलोपटक जिल्लामा सुरु गरिएको प्याराग्लाईडिङले चितवनको पर्यटनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
उनले प्याराग्लाइडिङ प्रवद्र्धनका लागि सबै होटल व्यवसायीहरुको साथ सहयोग आवश्यक रहेको भन्दै छिट्टै विभिन्न प्याकेजहरु घोषणा गरिने बताए । अध्यक्ष घलेले भने–‘चितवनमा नयाँ पर्यटकीय गन्तव्यको विकास गरौं भन्ने उद्देश्यले हामीले प्याराग्लाईडिङ सुरु गरेका हौं, यो हाम्रो मात्र होइन चितवनबासीको सम्पति हो, यसलाई जोगाई राख्न सबैको सहयोगको खाँचो छ ।’शुभारम्भको अवसरमा करिव ३० मिनेटको प्याराग्लाइडिङका लागि अहिले रु.६००० शुल्क तोकिएको छ । केही समयपछि प्याकेजसहित रु.८००० शुल्क तोकिने अध्यक्ष घलेले बताए । उनले चौकीडाँडालाई विशेष पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न कम्पनी लागि परेको भन्दै छिट्टै बम्जी जम्प, होटल, हिल स्टेशनको रुपमा विकास गर्न लागिएको बताए । प्याराग्लाईडिङ सुरुवातसंगै केही होटलहरुले प्याकेज समेत घोषणा गरि सकेका छन् । भरतपुरको होटल सिराइँचुलीलगायतले आफ्नो प्याकेजमा प्याराग्लाइडिङलाई समेटेका छन् । अन्य होटलहरुले पनि प्योकजमा घोषणाको तयारीमा छन् । होटल ह्याप्पी होम नारायणगढका संचालक कृष्ण महतोले आफ्नै ठाउँमा प्याराग्लाईडिङको अनुभव लिन अवसर आउनु सबै चितवनबासीको लागि गौरवको विषय रहेको बताए । उनले आफ्नो होटलको प्याकेजमा समेत प्याराग्लाडिङलाई समेट्ने प्रतिवद्धता जनाए ।छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका द्धितीय उपाध्यक्ष राजेन्द्र ओली, पर्यटन विज्ञ डा.विश्व सुवेदीले चितवनको पर्यटन प्रवद्र्धनमा प्याराग्लाइडिङले थप टेवा पु¥याउने विश्वास व्यक्त गरे । पर्यटन विज्ञ सुवेदीले भरतपुर महानगरपालिकाले पर्यटन वर्ष २०२४ घोषणा गरि सकेकाले प्याराग्लाईडिङको प्रवद्र्धनलाई समेत जोड दिइने बताए ।देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा स्वदेशी तथा विदेशी पर्यटकहरु चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी, हात्ती सफारी, डुंगा शयरका लागि सौराहा, पटिहानी र मेघौली आउने गरेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१