
चितवन।नेपाल आयल निगमले डिजेलको मूल्य घटाएसँगै सरकारले लामो दूरीको सार्वजनिक सवारीको भाडा घटाएको छ ।निगमले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०\१० रुपैयाँले मूल्य घटाए लगत्तै आज यातायात व्यवस्था विभागले सार्वजनिक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । जसमा दुई वा सो भन्दा बढी प्रदेश भइ (राष्ट्रिय रुटमा) सञ्चालन हुने सार्वजनिक यतायात रहेका छन् ।विभागले समायोजन गरेको भाडादर अनुसार यात्रुबाहक गाडीमा ३.२ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा चल्ने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ । तर, सूचनामा उल्लेख भए अनुसार डिलक्स गाडीले भने तोकिएको भाडा दरभन्दा २० प्रतिशतसम्म बढी लिन पाउँनेछन् ।त्यस्तै सरकारले लामो दूरीको सवारी भाडा घटाएसँगै नारायणगढ– काकडभिट्टाको भाडा दर एक हजार २८७ बाट एक हजार २४६, नारायणगढ–बिराटनगरको एक हजार १२३ बाट एक हजार ८७, नारायणगढ–कृष्णनगर ५८८ बाट ५६९, नारायणगढ– भौरहवाको ४०८ बाट ३९५, नारायणगढ–बेशिसहरको ३५३ बाट ३४२, नारायणगढ–पोखराको ३९७ बाट ३८४, नारायणगढ–वीरगञ्जको ३७९ बाट ३६७, नारायणगढ–बुटवलको ३३६ बाट ३२५, कावासोती–भण्डाराको १८५ बाट १७९ र नारायणगढ–कावासोतीको १०३ बाट १०० भएको छ ।
त्यस्तै विभिन्न प्रदेशबाट नारायणगढ हुँदै अन्य प्रदेश प्रवेश गर्ने गाडीको भाडा दरः
नारायणगढ–पोखरा–वालिङगको ६४० बाट ६२०, पोखरा–नारायणगढ–भैरहवा ७८७ बाट ७६२, पोखरा–नारायणगढ– बुटवल ५९४ बाट ५७५ रुपैयाँ भएको छ भने पोखरा–नारायणगढ–महेन्द्रनगर दुई हजार ५९ बाट एक हजार ९९३, पोखरा–नारायणगढ–सुर्खेत एक हजार ७०१ बाट एक हजार ६४६, पोखरा–नारायणगढ– धनगढीको एक हजार ९०४ बाट एक हजार ८४६ रुपैयाँ रहेको छ । त्यस्तै बनेपा–नारायणगढ–नेपालगञ्ज एक हजार ४५० बाट एक हजार ४०४, कोठीयाघाट–नारायणगढ–बाग्लुङको एक हजार ९०० बाट एक हजार ८३९, भैरहवा– नारायणगढ–बाग्लुङ एक हजार ५८ बाट एक हजार २४, गुलरिया–नारायणगढ–गीतानगरको एक हजार २६३ बाट एक हजार २२३ रुपैयाँ भएको छ ।
त्यस्तै दाङ–तुल्सीपुर–नारायणगढ–मुग्लिन हुँदै पोखरा जाने सवारी भाडा एक हजार १९४ बाट एक हजार १५६, दाङ–तुल्सीपुर–नारायणगढ–बाग्लुङको एक हजार ४६९ बाट एक हजार ४२२, नेपालगञ्ज –नारायणगढ–मुग्लिन हुँदै पोखरा एक हजार ४६९ बाट एक हजार ४२२, बनेपा–नारायणगढ– हेटौँडा– मधुमल्लाको एक हजार ७२५ बाट एक हजार ६७० नयाँ भाडा कायम भएको छ भने एकतर्फी काठमाडौँ–पोखरा– तानसेन–कपिलवस्तु– नारायणगढको एक हजार ७५९ बाट एक हजार ०३ कायम भएको छ । उक्त भाडा दर आज देखि नै लागू भएको छ ।
अन्य रुटका सम्बन्धमा
१) तराईको लामो दूरी (२५० किमी. भन्दा बढी) पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनीबसको लागि यस अघि प्रति किमी. प्रति व्यक्ति २.८६ रुपैयाँ कायम गरिएकोमा आज देखि प्रति किमी प्रति व्यक्ति २.७७ रुपैयाँ भाडादर कायम गरिएको छ ।
२) २५ किमी. देखि २५० किमी. सम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसको लागि प्रति किमी. प्रति व्यक्ति २.९३ रुपैयाँ कायम गरिएकोमा आजदेखि प्रति किमी. २.८४ रुपैयाँ भाडादर कायम गरिएको छ ।
३) काठमाडौं–पोखरा र पोखरा–नारायणघाट खण्डको लागि प्रति व्यक्ति प्रति किमी ३.१६ रुपैयाँ कायम गरिएकोमा आजदेखि प्रति किमी. ३.०६ रुपैयाँ भाडादर कायम गरिएको हो ।
त्यस्तै विभागले २०७८ चैत १७ मा इन्धनको बजार मूल्य ५ प्रतिशत वा त्यसभन्दा थप बढे वा घटेमा भाडा समायोजन गर्नुपर्ने निर्णय गरेको थियो । सार्वजनिक यतायातको भाडा इन्धनको मूल्य ५ प्रतिशतभन्दा तलमाथि भएपछि समायोजन गरिन्छ । अहिलेको भाडादर गत असारमा डिजेलको मूल्य १७२ हुँदा तोकिएको थियो । अहिले डिजेलको मूल्य १७ रुपैयाँ घटी १५५ रुपैयाँ कायम भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१