काठमाडौं।ट्विटरमा ब्लू टिक भएका प्रयोगकर्ताहरूले दुई घण्टा लामो भिडिओ अपलोड गर्न पाउने भएका छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इलन मस्कले बिहीबार एक ट्विटमार्फत यस्तो जानकारी गराएका हुन्।‘ट्विटर ब्ल’ भेरिफाइड सब्सक्राइबरहरूले अब दुई घण्टा लामो (८ जिबी) भिडिओ अपलोड गर्न पाउनेछन्१ु मस्कले ट्विटमा लेखेका छन्।यो भन्दा अघि प्रयोगकर्ताहरूले एक घण्टासम्मको भिडिओ अपलोड गर्न मिल्ने फिचर थियो। त्यो भनेको जम्मा २ जिबीसम्मको थियो। अब भने ब्लू टिक भएका प्रयोगकर्ताले ८ जिबीसम्मको भिडिओ राख्न पाउने भएका हुन्। भिडिओको गुणस्तर भने अधिकतम १०९०पी मात्रै हुने जनाइएको छ।
मस्कले आफू कम्पनीको सिइओ भएदेखि ट्विटरमा लामो र राम्रो गुणस्तरको भिडिओ अपलोड गर्न मिल्ने फिचर सार्वजनिक गर्न चाहेका थिए। गत डिसेम्बरमा मात्रै उनले ट्विटरमा एक घण्टाको भिडिओ अपलोड गर्न मिल्ने फिचर सार्वजनिक गरेका थिए।मस्कले ट्विटरलाई ुएभ्रिथिङ एपु बनाउन चाहेका छन्। अर्थात् ट्विटरमा थुप्रै विशेषताहरू थप गरी हरेक प्रयोजनको लागि चलाउन सकिने सामाजिक सञ्जालको रूपमा विकास गर्न चाहेका छन्। मस्कले यसैकारण युट्युबसँग पनि प्रतिस्पर्धा गर्न चाहेको बुझिन्छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१