• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भिड थेग्नै नसक्ने भएपछि भाइरल सिमान्त गुरुको ‘क्लीनिक’ प्रहरीले गरायो बन्द

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ ५, शुक्रबार (३ साल अघि)
    Seemanta-Guru-Jhapa

    Advertisement

    काठमाडौं ।केही समयजदेखि सामाजिक सञ्जालमा भाइरल रहेको ‘सिमान्त गुरु’ को ‘क्लीनिक’ प्रहरीले बन्द गराएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-७ मा रहेको कार्यालय आजबाट बन्द गरिएको हो ।महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले भिड अनियन्त्रित भएपछि सुरक्षाका कारण बन्द गरिएको बताए । ‘असाध्यै भिड भएकाले हामीले शान्ति-सुरक्षाका कारण तत्कालका लागि बन्द गर्न निर्देशन दिएका हौँ,’ डीएसपी कुँवरले भने ।सामाजिक सञ्जालमा सिमान्त गुरु नामले चर्चित झापाका ४३ वर्षीय भरत केसीले दुई साताअघि मात्र तारकेश्वरमा आफ्नो कार्यालय सारेका थिए । त्यसअघि उनको कार्यालय कोटेश्वरमा रहेको थियो ।केसीले ठाउँ सानो भएकाले तारकेश्वर सरेको तर, यहाँ पनि समस्या आएको बताए । केसीले ‘अलौकिक मनोवैज्ञानिक सास्ती ज्योतिषी प्राली’ नामक कम्पनी दर्ता गरेर काम गर्दै आएका थिए ।‘उहाँले कम्पनी दर्ता र वडा कार्यालयबाट सिफारिससमेत निकालेर काम गरिरहनु भएको रहेछ । कसैबाट उजुरी परेर बन्द गरेको होइन । जिल्ला प्रशासनसँग समन्वय गरेर काम गर्नुस् भनेका छौं’, डीएसपी कुँवरले भने ।

    बोल्न नसक्ने र हिँड्न नसक्ने व्यक्तिलाई छोएर मात्र होइन, हेरेको भरमा पनि निको पाल्न सक्ने दाबी केसीले गर्दै आएका छन् । भिडियो कलमा हेरेर समेत बिरामी निको पार्ने भनेपछि सामाजिक सञ्जालमा उनको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । कतिले मानिसहरुलाई अन्धविश्वासमा राखेर ठगी धन्दा चलाएको भन्दै आलोचना पनि गरेका छन् । तर, पनि उनीकहाँ आउनेहरुको भिड घट्नुको साटो झन् झन् बढरहेको छ ।टिकटकबाट व्यापक प्रचार गरेपछि केसीको शिविरमा मानिसहरु झुम्मिन थालेका हुन् । उनले विगत ८ महिनादेखि आफू यसमा केन्द्रीत भएर लागेको बताए ।उनी भन्छन्, ‘मैले टिकटकमा भिडिओहरु हाल्न थालेपछि जनताले विश्वास गर्नुभएको छ । सामाजिक सञ्जालका कारणले जनतासम्म पुग्न मलाई धेरै सजिलो भयो ।’ अहिले उनको टिकटक एकाउन्टमा सवा लाख फलोअरस् छन् ।केसीका अनुसार उनी एक वर्षअघिसम्म कोटेश्वरमा माक्सको व्यापार गर्थे । सपनामा आफ्नो क्षमताबारे थाहा पाएपछि त्यसलाई व्यवहारिकरुपमा उतारेको उनी बताउँछन् ।

    ‘हुन त मलाई १२/१५ वर्षकै उमेरमा आफ्नो क्षमताबारे थाहा थियो । त्यतिबेला पनि केही मान्छेलाई निको पनि पार्थे । तर मलाई धेरैले विश्वास गर्दैन थिए । अहिले सामाजिक सञ्जाल आएपछि मेरो क्षमता अरुलाई् बुझाउन सजिलो भयो’, उनले भने ।केसी श्रीमती, दुई छोराछोरी र करिब एक दर्जन भोलेन्टियरसहित तारकेश्वरमा बस्दै आएका छन् । ‘मैले कसैलाई मेरोमा आउनुस् भन्दिनँ । यति नै पैसा दिनुस् भनेर पनि माग्दिन । नदिन पनि पाइन्छ । मैले विशुद्ध सेवाभावले सुरु गरेको हो’, उनी भन्छन् ।

    तर आफू स्वयम् बिरामी हुँदा चिकित्सककोमा जाने गरेको केसी स्वीकार गर्छन् ।

    ‘म आफैं पनि बिरामी भएँ भने चिकित्सकोमा जान्छु भनेर आफैले पनि भन्ने गरेको छु’, उनले भने । सहयोगी गणेश अधिकारीको दावीअनुसार त्यहाँ आउने करिब ९० प्रतिशत बिरामी निको हुने गरेका छन् ।‘अधिकांश विरामी निको भएर जानु हुन्छ । उहाँहरु सबैजना विश्वास नै भएर आउनु भएको हो,’ उनले भने । शनिबार दाङमा एक हप्ताको शिविर सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । दुई महिनाअघि उनले पोखरामा शिविर सञ्चालन गरेका थिए ।शिविरका लागि जाँदा पोखरा विमानस्थलको भिआइपी कक्ष उनले प्रयोग गरेका थिए । पोखराको शिविर विवादमा आएपछि जिल्ला प्रशासनले हस्तक्षेप गरेर बन्द गराएको थियो । सेवाग्राहीबाट १र१ हजारका दरले उठाइएको १ लाख २४ हजार रुपैयाँ पनि जफत गरिएको थियो ।आफूकहाँ आउनेलाई केसीले टाउको तथा शरीरका विभिन्न अंगमा तेलले थप्थपाउने गर्छन् । क्यान्सर, प्यारालाइसीसदेखि थाइराइड र पायल्ससम्मका रोग हेरेर वा छोएर ठिक पार्ने गरेको उनका अनुयायी बताउँछन् ।कसैलाई आएर देखाउने बित्तिकै ठीक हुने त कसैलाई केही दिनपछि ठीक हुने उनीहरुको दावी छ । कतिपय सेवाग्राहीहरुले समेत डाक्टर जाँदा ठीक नभएका रोग सिमान्त गुरुले ठिक पारेको बयान दिएपछि उनी भाइरल भएका हुन् ।केसीले आफूलाई अलौकिक शक्ति प्राप्त भएको दावी गर्दै आएका छन् । पहिले उनी पत्रकारिता र फिल्म लेखनमा संलग्न रहेको बताइएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution