
काठमाडौं । रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै ठगी गरेको आरोपमा काठमाडौंमा दुई विदेशी नागरिक पक्राउ परेका छन् । पोल्याण्डमा रोजगारीको राम्रो अवसर रहेको भन्दै टिकटकमा विज्ञापन देखेपछि शनिबार काठमाडौंको मोरियट होटमा धेरै सर्वसाधारण अन्तर्वार्ताका लागि पुगेका थिए ।तर अन्तर्वार्ता नलिएको भन्दै होटल परिसरमा होहल्ला भएपछि प्रहरी टोली पुगेको थियो । त्यसपछि दुई जना विदेशी नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
पक्राउ पर्नेमा एक जना पोल्याण्डका नागरिक र एक जना संयुक्त अरब इमिरेट्सका नागरिक रहेका छन् ।यो घटना वैदेशिक रोजगारीसँग सम्बन्धित भएकाले वैदेशिक रोजगार विभागलाई जानकारी गराएको उनले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१