
चितवन।लक्ष्मी बैँक र सनराइज बैँकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता भएको छ ।आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैँकको तर्फबाट सञ्चालक दिनेश पौडेल तथा सनराइज बैँकको तर्फबाट सञ्चालक बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैँक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्ज भएपछि बन्ने संस्थाको नामलक्ष्मी सनराइज बैँक लिमिटेड हुनेछ भने लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहनेछन् । गाभिएपछि बन्ने बैँकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ ।
उपरोक्त सम्झौतापत्र दुवै बैँकको साधारण सभामा पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरेपछि दुवै बैँकले एकीकृत कारोबार सुरु गर्नेछन् । सम्पूर्ण प्रक्रियाहरु टुंग्याई आगामी असार मसान्त भित्रै एकीकृत कारोबार सुरु गर्ने लक्ष्य बैँकले राखेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१