• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनमा स्थानीय सवारीसाधनको भाडा ८ प्रतिशत घटाउने तयारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ १४, आईतबार (२ साल अघि)
    24-Kothi

    Advertisement

    चितवन।संघीय सरकार र बागमती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा घटाएसँगै चितवनमा गुड्ने स्थानीय सवारीसाधनले पनि भाडा घटाउने तयारी थालेका छन् ।संघीय सरकार र बाग्मती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले इन्धनको मूल्य घटेसँगै लामो दूरीका सवारीसाधनको भाडा घटाएपछि स्थानीय व्यवसायीलाई पनि भाडा घटाउन दबाब परेको हो ।जिल्लाका विभिन्न यातायात व्यवसायीलाई नेपाल यातायात राष्ट्रिय महासंघले छिट्टै बैठक राखेर सरकारले तोकेको भाडा लागू गर्न दबाब दिएको हो । चितवन छहारी यातायात प्रालिका प्रमुख बद्रीप्रसाद पौडेलका अनुसार भोलि जेठ १५ गते जिल्ला समन्वय समिति र जिल्लाका यातायात व्यवसायी नयाँ भाडा लागू गर्न बैठक बस्दै छन् । उनी भन्छन्, ‘महासंघले छिट्टै बैठक बसेर सरकारले तोकेको भाडा लागू गर्न पत्र पठाएपछि हामी १५ गते बैठक बसेर निर्णय गर्ने छौँ र भाडा घटाउँछौँ ।’ अबको २/३ दिनपछि सरकारले लागू गरे अनुसार ८ प्रतिशतले भाडा घटाउने तयारी भएको पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार बैठक बसेर ८ प्रतिशतले सवारी भाडा घटाए पनि लिएको भाडाका जममा २/३ रुपयाँ मात्रै घट्ने बताउँदै उनी भन्छन्, ‘यदि हामीले यात्रुसँग ५० रुपयाँ भाडा लिन्छौ भने यसको ८ प्रतिशत घट्दा भाडा त्यही ४७/४८ हुन्छ । जसको कारण हामीले यात्रुसँग कि ५०, कि ४५ रुपयाँ भाडा लिनुपर्ने हुन्छ ।’

    लामो समयदेखि सार्वजनिक यातायातको भाडा नघट्दा दैनिक भरतपुर आवतजावतमा कठिन भएको रत्ननगरकी अनुजा अधिकारीले जानकारी दिइन् । उनी भन्छन्, ‘दैनिक क्याम्पस र कार्यालय जान सार्वजनिक यातायात प्रयोग गर्नुपर्छ । तर, सार्वजनिक यातायातको भाडा महंगो भएको कारण मासिक खर्च पु¥याउन पनि धौंधौं पर्छ ।’त्यस्तै, बाग्मती प्रदेश यातायात मन्त्रालयलले डिजेलको भाउ घटेको ९ दिनपछि लामो तथा छोटो दूरीको सवारी भाडा दर घटाएको थियो । जसमा अब काठमाडौँ–नारायणगढको ४५० बाट ४३१, काठमाडौँ–रामपुर चितवनको ४७८ बाट ४५८, नारायणगढ–धादिङबेसीको ३११ बाट २९८, देवघाट–गल्छीको ६५ बाट मात्रै ६२ नयाँ भाडा तोकिएको छ । त्यस्तै काठमाडौँ–देवघाट त्रिशूलीको २६८ बाट २५७, काठमाडौँ–कुरिनटार ( मनकामना केवल कारसम्म) ३०७ बाट २९४, काठमाडौ–गल्छी १४५ बाट १३९, काठमाडौँ–त्रिशूलीको २५७ बाट २४६ र काठमाडौँ– धादिङ्बेसीको २७० बाट २५९ भाडा मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

    त्यस्तै मन्त्रालयको सूचना अनुसार अब काठमाडौँ–नारायणगढ–हेटौँडाको ६६४ बाट ६३७, काठमाडौँ–बल्खु–दक्षिणकाली– हेटौँडाको ६५१ बाट ६२४ र काठमाडौँ–नयाँ बसपार्क–कलंकी–नागढुङ्गा–गल्छी–देवघाट–त्रिशूली–धुन्छेको ४३६ बाट ४१६ भएको छ ।विभागले २०७८ चैत १७ मा इन्धनको बजार मूल्य पाँच प्रतिशत वा त्यसभन्दा थप बढे वा घटेमा भाडा समायोजन गर्नुपर्ने निर्णय गरे पछि सोही निर्णय अनुसार सरकारले सवारी भाडा घटाएको नौँ दिनपछि प्रदेश सरकारको यातायात मन्त्रालयले पनि भाडा घटाएको हो । तर, शुक्रबारदेखि लागू हुने गरी प्रदेशले पनि नयाँ भाडा लागू गर्दा चितवनका यातायात व्यवसायीलाई पनि सवारी भाडा घटाउन दबाब परेको छ ।

    कहाँ कति घट्यो सवारीसाधनको भाडा ?

    उपत्यका बाहेकका अन्य स्थानमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनको हकमा:

    क) बागमती प्रदेश सरकारले यात्रुवाहक सवारीसाधनमा २०७९ साउन ५ गते देखि लागूगरेको भाडा दरमा ४.१८ प्रतिशतले घटेको छ ।

    ख) त्यस्तै अब यात्रुले १५ किलोसम्म निःशुल्क र सो भन्दा बढी १० किलो सम्म प्रति किलो ५ रुपयाँको दरले भाडा भुक्क्तानी गरी (सवारीसाधन उत्पादक कम्पनीद्वारा तोकिएको भन्दा धेरै सरसामान\गुन्टा लैजान नपाउने) ।

    बागमती प्रदेशमा सञ्चालन हुने मालबाहक सवारीसाधनको हकमा :

    – प्रदेश भाडा निर्धारण÷समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली–२०७८ को दफा ४ बमोजिमको भाडा निर्धारण÷समायोजन सिफारिस समितिको प्रतिवेदन अनुसार गत वर्षको साउन ५ गतेदेखि लागू भएको मालबाहक सवारीसाधनको १५.५ (प्रति किमी प्रति टन) बाट ५.६९ प्रतिशत कम गरी १४.१९ (प्रति किमी प्रति टन) का दरले हिजोदेखि लागू हुने गरी भाडा समायोजन गरिएको हो ।

    – त्यस्तै विद्युतीय माध्यमबाट सञ्चालित यात्रुबाहक सवारीसाधन र यात्रुवाहक सवारीसाधन ट्याक्सीको हकमा २०७९ साउन ५ गते लागूभएको भाडा दर नै यथावत राखिएको छ ।

    काठमाडौँ उपत्यकामा सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारीसाधनको हकमा:

    पहिले पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ रहेकोमा अब १९ रुपैयाँ कायम भएको छ । यस्तै, १० किलोमिटरसम्मको गाडीभाडा २७ रुपैयाँबाट २५ रुपैयाँ, १५ किलोमिटरसम्मको मा ३२ रुपैयाँबाट ३० रुपैयाँ, २० किलोमिटरसम्मकोमा ३५ रुपैयाँबाट ३३ रुपैयाँ तथा २० किलोमिटरभन्दा माथिकोमा ४० रुपैयाँबाट ३८ रुपैयाँ कायम भएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution