• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ११, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सुरु भयो बुटवल–बसन्तपुर केबलकार यात्रा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ १५, सोमबार (३ साल अघि)
    cable-car-02

    Advertisement

    बुटवल । बुटवलबाट पाल्पाको बसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको छ ।कुल ५ अर्ब रुपैयाँ लागतको आयोजनामध्ये पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ भने माथिल्लो स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल लगायत संरचना निर्माण हुने क्रममा छन् ।२०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको केबुलकार एक वर्षभित्र सञ्चालनमा ल्याउने भनिए पनि कोराना महामारीको असरका कारण निर्धारित समयभन्दा केही ढिला सञ्चालनमा आएको हो ।

    सोमबार केबलकारको तल्लो स्टेशनमा पण्डितहरुबाट धार्मिक विधि अनुसार पूजाआराधना गरेपछि केबलकार सञ्चालन भएको हो ।टवलको वडा नं ३ मा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ बसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकार २.६ किलोमिटर दुरीको छ । बटम स्टेशनबाट १० मिनेटमा टप स्टेशनमा पुग्न सकिन्छ ।एउटा गोण्डालामा आठ जना यात्रा गर्न मिल्ने २५ वटा गोण्डाला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले बताए ।केबलकारको टप स्टेशन बसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाइएको छ । कामाख्यादेवी मन्दिर र बसन्तपुरकोे चिसो हावापानीले विशेष गरी भारतीय पर्यटक र हिन्दु धर्मावलम्बीलाई आकर्षित गर्ने अध्यक्ष ढकालले बताए ।टप स्टेशनमा पाँचतारे होटेल र क्यासिनो बनेपछि दैनिक ५ हजार भारतीय पर्यटक भित्र्याउने लक्ष्य रहेको अध्यक्ष ढकालले बताए ।

    तल्लो स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र माथिल्लो स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको छ ।सातवटै प्रदेशमा केबलकार सञ्चालन गर्ने योजनामा रहेको आईएमई ग्रुपको यो तेस्रो केबलकार हो ।यसअघि चन्द्रागिरी र मौलाकालिका केबलकार सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकार सञ्चालनले पाल्पाको बसन्तपुरमा नयाँ पर्यटकीय गन्तव्य थपिएको र पर्यटकको बसाइ लम्बाउन सहयोग पुग्ने निजी क्षेत्रको विश्वास छ ।केबलकार सञ्चालनले प्रदेश राजधानी दाङ सर्दा खस्केको रुपन्देहीको ब्यापार व्यवसायमा सुधार आउने अपेक्षा रहेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।तिनाउ गाउँपाकिलाका अध्यक्ष प्रेम श्रेष्ठले केबलकार सञ्ञालनले गाउंपालिकाको विकासमा ठूलो योगदान पुग्ने बताए । केबलकारले बुटवल उपमहानरपालिका र तिनाउ गाउँपालिकालाई प्रत्येक टिकट शुल्को २ प्रतिशत सेवा शुल्क वापत छुट्याएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution