


बुटवल ।नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ ।जिल्लाको प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालका अनुसार भेडिहार दम्पतीको सोमबार राति उनीहरु बसोबास गर्दै आएको गोठमा हत्या भएको हो ।

उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सिलवालले बताए । पथलहनीको बैरिहवामा घर भएका उनीहरु गाइवस्तुको रेखदेख गर्न गोठमा सुत्न गएका थिए । दम्पतीको हत्यामा संलग्नको पहिचान हुन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१