
चितवन। चितवनको भरतपुरमा भोली (शनिवार) कवि नवराज पराजुलीको एकल कविता वाचन हुने भएको छ । सेन्ट्रल कलेजको आयोजनामा विद्यार्थीसंग कविता कार्यक्रम अन्तर्गत कविता कन्सर्टको तयारी पुरा भएको छ । चितवन र नवलपुरका विद्यार्थीहरुलाई लक्षित गरेर भरतपुर महानगरपालिका ३ बेलचोकस्थित प्रभा बेन्क्वेटमा विहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा कवि पराजुलीसंगै ऋदम कंडेलको सांगितिक प्रस्तुती समेत रहनेछ ।सोही कार्यक्रममा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले शैक्षिक परामर्श तथा करियर काउन्सेलिङ सम्बोधन गर्नुहुनेछ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।चितवन, नवलपुरको गर्मीमा कविता कन्सर्टमा शितल कविता वाचन हुने आयोजकले जनाएको छ । कार्यक्रममा एसवन होम्सले सहकार्य गरेको छ । कार्यक्रमको अफिसियल मिडियाको रुपमा नारायणी अनलाइन, संचारपत्र दैनिक, कालिका एफएम र कालिका टिभी रहेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१