
भरतपुर क्यान्सर अस्पताल लगायतसँग सम्झौता गरी सबै खाले क्यान्सरको उपचार गर्न सरकारले १ लाख रुपैयाँसम्म आर्थिक सहायता दिने भएको छ ।शुक्रबार प्रस्तुत बजेटमार्फत यसका लागि २ करोड विनियोजन गरेको अर्थमन्त्री जीतप्रकाश आलेले बताएका छन् ।निमोनिया स्वास्थ्य स्वयं सेविकाको आत्मसम्मान बढाउने कार्यक्रम सञ्चालन गर्न १ करो ८९ लाख रुपैयाँ छुट्याएको छ ।सरकारले निमोनिया र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपको अभियान चलाउने भएको छ ।आर्थिक अवस्था कमजोर रहेको निमोनियाबाट ग्रस्त बालक तथा वृद्धलाई राहत पुग्ने र पाठेघरको मुखको क्यान्सरको उपचारबाट टेवा पु¥याउन सरकारले ५ करोड बिनियोजन गरेको छ ।मनाङ, मुस्ताङ, मध्यविन्ददु प्रदेश संक्रामक अस्पतालको भवन निर्माणमा १३ करोड रुपैयाँ विनियोजन भएको छ ।