
चितवन।बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ ।बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले बजेट प्रस्तुत गर्दै रंगशालाका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।उनका अनुसार आवश्यक खेलकुद प्रतियोगिता संचालन र खेलाडीका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको क्रिकेट रंगशाला आर्थिक अभावका कारण २ वर्षदेखि अलपत्र परेको छ । सरकारले रंगशाला निर्माणको क्रममा लागेको ऋण चुक्ता गरेर आफ्नो स्वामित्वमा लिने निर्णय गरेको थियो । यस रंगशालाका लागि केही दिन पहिले संघीय सरकारले भने मात्रै एक लाख रुपैयाँ विनियोजन गरेको छ ।यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने यस रंगशाला निर्माणका लागि भारत सरकारसंग अनुरोध गरिएको जानकारी दिएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१