
कैलाली ।सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना परी गम्भीर घाइते भएका छन् । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो ।
बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी दुर्घटना हुँदा मन्त्री सिंहसहित ४ जना घाइते छन् ।चारजनामध्ये चालकबाहेक अन्य तीनजनाको अवस्था गम्भीर रहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् । उनका अनुसार गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट नेपालगञ्ज लैजाने तयारी भइरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१