
काठेखोला गाउँपालिका वडा नम्वर ५ ठुलोढुङ्गा स्थित मध्यपहाडी लोकमार्गमा जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन केसीले जानकारी दिनुभयो । मृत्यु हुने दुवै जना पुरुष रहेको र पहिचान भने नखुलेको उहाँको भनाई छ ।
गलकोटबाट सदरमुकाम बागलुङ जाँदै गरेको ग १ च ९४८५ नम्वरको जीप सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१