• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ११, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पहिरोले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० अषाढ २०, बुधबार (२ साल अघि)
    school11

    Advertisement

    पर्वत।अबिरल वर्षासँगै आएको पहिरोले कक्षाकोठा पुरिँदा यहाँको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ ।पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि समस्या भएको हो ।असार १४ गते राति आएको अबिरल वर्षापछि गएको पहिराले विद्यालयको तीन–तीनकोठे दुईवटा भवनमा क्षति पु¥याएको विद्यालयका प्रधानाध्यापक विष्णु शर्माले जानकारी दिनुभयो । विद्यालय बिदा भएको समयमा पहिरो आएकाले मानवीय क्षति नभएको उहाँको भनाइ छ ।“अबिरल वर्षासँगै विद्यालयमा माथिबाट पहिरो खस्यो, उक्त दिन बिदा भएका कारण मानवीय क्षति भएन”, उहाँले भन्नुभयो । विद्यालयमा पहिराले क्षति पुर्याएसँगै कक्षाकोठाको अभाव भएको उहाँको भनाइ छ ।“अहिले तत्कालका लागि केही गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “बर्खायाम भएकाले अझै क्षति हुने सम्भावना छ ।” उहाँले वर्षे बिदापछि कक्षा सञ्चालन हुने भएकाले वैकल्पिक कक्षाकोठाका लागि व्यवस्थापनमा समस्या हुने बताउनुभयो ।

    विद्यालयले जग्गा अभावका कारण दुई ठाउँमा कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्मको आधारभूत तह सञ्चालन भइरहेको छ ।शर्माका अनुसार एउटा तीनकोठे भवन २०७५ सालमा रु ३१ लाख ५० हजारमा निर्माण गरिएको हो भने अर्को भवन २०७६ सालमा रु १६ लाख २० हजारमा २०७६ सालमा निर्माण गरिएको थियो ।ठेकेदारको लापरबाहीका कारण विद्यालयमा क्षति पुगेको स्थानीयको भनाइ छ । सडक निर्माणका क्रममा ठेकेदारले विद्यालयमाथि जथाभावी माटो फालेका कारण विद्यालयमा क्षति भएको स्थानीय अभिभावक राजेन्द्र क्षेत्रीको आरोप छ ।“शुक्रबार बिहान १० बजे सडकमाथिबाट झरेको पहिराले नाली पुरियो । उक्त पानी नाली हुँदै ग्यावियनभित्र छिरेपछि पहिरो गएको होे”, प्रत्यक्षदर्शी क्षेत्रीले भन्नुभयो, “ठेकेदारका कारण विद्यालयको भौतिक संरचनामा ठूलो क्षति भयो ।”सडक निर्माणका क्रममा ठेकेदारको लापरवाहीका कारण विद्यालयमा क्षति पुगेको अभिभावकहरुको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितवहादुर थापा मगरले सडक निर्माणका क्रममा प्राविधिक त्रुटी भएको आशंका व्यक्त गर्नुभयो ।

    सडक निर्माणका क्रममा हामीले ठेकेदार र प्राविधिकलाई विद्यालयमाथि माटो राख्दा समस्या हुन्छ भनेर बारबार अनुरोध गरेको भएपनि सुनुवाई नभएको उहाँको भनाइ छ । “अविरल बर्षसँगै आएको एक दिनको पानीले लाखौको क्षति बनायो”, उहाँले भन्नुभयो, “तत्काललाई समस्या नभएपनि विद्यालय संचालनका क्रममा विद्यार्थी कहाँ राख्ने भन्ने चिन्ताले सताउन थालेको छ ।”गत सोमवार फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले विद्यालयको स्थलगत निरिक्षण गर्नुभएको छ । विद्यालयमा भएको क्षतिको विषयमा प्रहरी मुचुल्का बनाएर विभिन्न सङ्घसंस्था हुँदै गृहमन्त्रालयमा पठाउने तिवारीले बताउनुभयो । विद्यालयको क्षति र समस्याका विषयमा तत्काल राहतका लागि पहल गर्नेसमेत तिवारीको भनाइ छ । विसं २०१३ सालमा स्थापना भएको विद्यालयमा हाल ४३८ जना विद्यार्थी छन् । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution