
कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले पालिका भित्रको सवै विद्यालय परिसरमा जंक फुड निषेध गर्न निर्देशन दिएका छन् । बिहिबार पालिका भित्रको सवै विद्यालयलाई एक पत्र पठाउदै अध्यक्ष गिरीले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष गिरीले बालबालिकाको स्वास्थ्य संवेदनशीलतालाई बुझेर जंक फुड निषेध गर्न निर्देशन दिएको बताएका छन् ।
पालिका भित्रको विद्यालयहरुमा सञ्चालित दिवा खाजा कार्यक्रम तथा खाजाघरमा जंक फुड खुवाएको गुनासो आएपछि उनले यस्तो निर्देशन दिएका हुन् । उनले स्वस्थ ,गुणस्तरीय र पोषणयुक्त खाजा खान पाउने बालबालिकाको नैसर्गिक अधिकार रहेको भन्दै यस्तो निर्देशन दिएको बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१