
कावासोती । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपरासी पूर्वको अध्यक्षमा मना भण्डारी निर्वाचित हुनु भएको छ । जिल्ला अधिवेशन अन्तर्गत आज भएको निर्वाचनबाट भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको हो ।
२०८० बैशाख १७ गते शुरु भएको अधिवेशनको मतदान प्रक्रिया स्थगित भएपछि आज पुनः निर्वाचनको मतदान प्रक्रिया अगाडी बढाइएको हो । अध्यक्ष पदमा उम्मेदवार दिएका हुमनाथ पाण्डे र सिता भुसालले निर्वाचन पूर्व आफ्नो उम्मेदवार फिर्ताको घोषणा गर्नु भएको थियो ।
जिल्ला महासंघको नयाँ कार्यसमितिको उपाध्यक्षमा कमलप्रसाद बाचे मगर, सचिवमा सुशिल पौडेल, कोषाध्यक्षमा मनि पाण्डे निर्वाचित हुनु भएको छ । यस्तै कार्यसमितिको सदस्यहरुमा सन्जु सिग्देल, जानकी सिग्देल, कमल बहादुर अधिकारी, लक्ष्मी पाण्डे, हुमकान्त सुवेदी, कृष्ण हमाल, टिका कुमारी महतो, श्रीलाल बाह्रघरे, सालिकराम कोइराला, बालु परी, मुना वि.क., रुमति आले र गिर बहादुर कानुमगर निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक गणेश सापकोटाले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१