• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ३०, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जमिनमुनिको पानी संरक्षण गर्न कृत्रिम सिमसार बनाउँदै गैँडाकोट

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० अषाढ २२, शुक्रबार (३ साल अघि)
    gainda-nagarpalika1674882270-1024x546-1

    Advertisement

    नवलपुर।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले वन तथा वातावरण संरक्षण गर्दै जमिनमुनिको पानी पुनः भरण गर्ने नीति लिएको छ । नगरप्रमुख मदनभक्त अधिकारीले नवलपुरको भूमिगत पानीसँगै जलाधार क्षेत्रका रूपमा रहेको नारायणी नदीसँगै अन्य खोलानाला संरक्षण एवं वन तथा वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलाई विशेष ध्यान दिएइको बताउनुभयो ।“जमिनमुनिको पानी पुनः भरणका लागि नगरपालिकाको वडा नम्बर १ देखि १७ सम्म उत्तरी क्षेत्रको पहाडका उपयुक्त ठाउँमा सिमसार क्षेत्र निर्माण गर्न माथिल्लो सरकारसँग सहकार्य गर्दै अघि बढ्ने गरी हामीले नीति बनाएका छौँ,” उहाँले भन्नुभयो, “त्यस्तै, नारायणी नदीलाई स्वच्छ तथा निर्मल बनाउने, नगर क्षेत्रको फोहरमैला प्रशोधन तथा अध्ययन केन्द्र निर्माण गर्ने, स्वच्छ र हराभरा गैँडाकोटलगायत विभिन्न काम गरिने भएको छ ।”स्थानीयस्तरमा सामुदायिक वनसँग साझेदारी गर्दै उत्पादनमूलक जडीबुटी तथा फलफूल खेतीलाई अगाडि बढाइ आयआर्जन र रोजगारी वृद्धिमा जोड दिइने जनाइएको छ ।विपद्का बेला आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि नगरपालिकासँग अग्नि नियन्त्रणका लागि बारुण यन्त्र नभएकाले जिल्लाकै देवचुली नगरपालिकासँग सहकार्य गरेर बारुण यन्त्र खरिद गर्ने तयारी गरिएको छ । दिसाजन्य लेदो व्यवस्थापनका लागि उपयुक्त स्थान पहिचान गरी संरचना निर्माण गरिने भएको छ ।
    कृषि तथा सहरी क्षेत्रबाट निस्कने फोहरजन्य वस्तुबाट बायोग्यास तथा प्राङ्गारिक मल उत्पादन गरी प्रयोग गर्न नगरवासीलाई प्रोत्साहन गर्ने नगरपालिकाको नीति रहेको  छ ।
    “वातावरण संरक्षणका लागि १८ वटै वडा समितिमार्फत टोल विकास संस्थालाई सिर्जनशील काममा जोड दिइ ‘स्वच्छ र हराभरा गैँडाकोट’ र ‘हाम्रो टोल हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ नयाँ कार्यक्रम सञ्चालन गर्दैछौँ”, नगरप्रमुख अधिकारीले भन्नुभयो, “स्थानीयस्तरमा सामुदायिक वनसँगको साझेदारीमा उत्पादनमूलक जडीबुटी तथा फलफूलको खेती कार्यलाई अगाडि बढाउँदै रोजगारी वृद्धि गर्ने नीति लिएका छौँ ।” नगरपालिकाले वन तथा वातावरण संरक्षणसँगै पूर्वाधार तथा भौतिक विकासतर्फ नगरको सहरीकरणलाई व्यवस्थित गर्दै जोखिम न्यूनीकरणमा ध्यान दिएको उहाँको भनाइ थियो । ‘एक घर ः एक बिरुवा’ हरित सडक कार्यक्रमको नीतिसमेत नगरपालिकाले अवलम्बन गरेको भन्दै नगरप्रमुख अधिकारीले नगरभित्रका पूर्वाधारमा ढल निकासका लागि नाला, ढलनिकास, इन्टरनेट, स्वास्थ्य, पार्किङ, बसपार्क जस्ता सुविधाको विस्तारमा प्राथमिकता दिइने बताउनुभयो ।नगरको प्रवेश नाकामा सिसिटिभी क्यामेरा जडान, आवश्यकताका आधारमा विभिन्न स्थानमा निःशुल्क वाइफाइ, आधारभूत तहदेखि नै कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी अध्ययन गर्न पाउने अवसरको सुनिश्चितता गरिने भएको छ ।
    उज्यालो सडक कार्यक्रमअन्तरगत अस्पताल, विद्यालय धार्मिकस्थल, सडक र पर्यटकीय स्थल आदिमा विद्युतीय बत्ती जडान गरिने भएको छ  । नगरले सञ्चार तथा सूचना प्रविधि क्षेत्र, सामाजिक विकाससम्बन्धी नीतिअन्तर्गत स्वास्थ्य क्षेत्र, बहुउद्देश्यीय पोषण क्षेत्रमा काम गर्ने नीति लिएको छ ।
    “हामीले सबै नागरिकलाई स्वास्थ्य बीमा सबल स्वास्थ्य प्रणाली, ‘हरेकका घरमा खानेपानीका धारा ः जनस्वास्थ्यमा लगानी नारा’ लिएर काम गर्ने तयारी गरेका छौँ” नगरप्रमुख अधिकारीले भन्नुभयो, “नगरअस्पताललाई स्तरोन्नति गर्दै गरिब, विपन्न वर्गका जनताको लागि निःशुल्क उपचार गर्न स्वास्थ्य कोष स्थापना गर्दैछौँ ।” नगरपालिकामा बालश्रम शून्य बनाउने, बालविवाह, यौनजन्य जघन्य अपराधबाट नगरलाई मुक्त बनाउने गरी काम अघि बढाइएको उहाँको भनाइ थियो ।निःशुल्क शिक्षालाई प्रभावकारीरुपमा कार्यान्वयनका लागि अध्ययन कार्यदल बनाई क्रमशः कार्यान्वयन गरिने र कक्षा ५ सम्म अभिभावकबाट बाध्यात्मकरुपमा लिइने आर्थिक सहयोगलाई आगामी आर्थिक वर्षबाट पूर्णरुपमा निषेध गरिने भएको छ ।
    कृषिमा आधुनिकीकरणलाई जोड दिँदै एक वडा एक उत्पादन, माटो जाँच शिविर, पशुपालन, दूध उत्पादन बढाउने कार्यक्रम पनि नगरपालिकाको रहेको छ ।  रासस

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution