
कावासोती । कावासोतीको मुख्य सडकमा पानि जमेर ताल बनेपछि कावासोतीका मेयर बिष्णु प्रसाद भुषाल एक्सनमा उत्रिएका छन् । विस्तारको क्रममा रहेको पूर्वपश्चिम रामार्गमा पानि जमेर ताल बनेपछि मेयर भुषाल बुधबार डोजर लिएर सडकमा पुगेका हुन् । सडक निमार्ण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ताल बनेको पानि आफुले निमार्ण गरेको नालाबाट निकास गर्न रोक्न खोजेको भएपछि मेयर भुषालले सोही नालाबाट जमेको पानिलाई डोजर लगाएर निकास गरेका छन् ।
नगरपालिकाकै खर्च मेयर भुषालले क्रस हुने सडकमा ह्यूम पाइप राखेका छन् भने पानि निकास नभएको क्षेत्रमा डोजर लगाएर पानिलाई निकास गरेका छन् । सडक निमार्णको क्रममा ढल निकासी नबन्दा कावासोतीको बजार क्षेत्र , मुख्य गरि राजमार्ग क्षेत्रमा वर्षाको समयमा पानीको भलले आवतजावतमा समस्या पर्ने गरेको छ । नगरपालिकाले राजमार्ग क्षेत्रको उत्तर तर्फबाट आएको भलपानीलाई सडक छेउमा निर्माण गरिएको नालाबाट पठाउने गरि व्यवस्था गरिएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१