पाल्पा ।पाल्पा पूर्ण खोप दिगोपना सुनिश्चितता भएको जिल्ला घोषित भएको छ । बिहीबार एक कार्यक्रमका बीच जिल्लालाई पूर्णखोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको हो । १६ देखी ५९ महिना सम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्र दिइने १३ प्रकारका खोप पूर्ण रुपमा लगाएपछि जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।
पाल्पाका १० वटै स्थानीय तहहरू पूर्ण खोप दिगोपना सुनिश्चितता भएको आधारमा जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता भएको जिल्ला घोषणा गरिएका स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्र गिरीले बताउनुभयो । जिल्ला खोप समन्वय समितिले जिल्लाका सबै वडामा पुगी लक्षित बालबालिका भएका घरमा सर्वेक्षण गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सङ्घीय संसद् ठाकुर गैरेले स्वास्थ्य जस्तो विषयमा राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१