
रूपन्देही । रोल्पामा जंगली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका-५ बुझिङका ६ वर्षीय बालक प्रेम गुरुङको मृत्यु भएको वडाध्यक्ष रिखबहादुर रोकाले जनाएका छन् ।असार २६ गते बुझिङ कालोपहर बस्ने दुर्गे गुरुङको श्रीमती ३३ वर्षकी भीमा गुरुङ, ११ वर्षका सुशिल गुरुङ र वर्ष ६ को प्रेम गुरुङले च्याउ खाई बिरामी परेका थिए । गम्भीर बिरामी परेका उनीहरूमध्ये प्रेमको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
बिरामी परेका दुईको अवस्था चिन्ताजनक रहेको छ । भीमाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेको र आएपछि मृतक प्रेमको दाहसंस्कार गरिने वडाध्यक्ष रोकाको भनाइ छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१