
नयाँ दिल्ली।उत्तर प्रदेशको मेरठमा काँवरियाको डिजेले हाई टेन्सन लाइनमा छुँदा पाँच जनाको मृत्यु भएको छ । हरिद्वारबाट काँवडसहित आएको डिजे हाई टेन्सन लाइनसँग ठोक्किँदा ५ काबरियाको मृत्यु भएको हो । साथै, करिब एक दर्जन जलेर घाइते भएका छन् ।मेरठका डीएम दीपक मीनाले सो मृत्युको पुष्टि गरेका छन्। घटनापछि आक्रोशित मानिसहरूले फोर्ट रोड अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले विद्युत् प्राधिकरणले लापरबाही गरेको आरोप लगाएका छन् । घटनाको जानकारी पाए लगत्तै प्रहरी प्रशासन पनि घटनास्थल पुगेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१