
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर बाहिर लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि+ ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मुलकी अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
मलेसियन एयरलाइन्सको उडानबाट काठमाडौं-मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा झोलाभित्र उक्त सुन तथा डाइमन्ड फेला परेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१