
काठमाडौं।भारतमा टमाटरको मूल्य आकासिएपछि नेपालबाट अवैध बाटो टमाटर तस्करी हुने गरेको रिपोर्ट सार्वजनिक भएको छ। भारतको उत्तर प्रदेशसँग जोडिएको सीमा नाकाबाट टमाटर तस्करी भइरहेको बीबीसी हिन्दीले जनाएको छ।भारतमा टमाटरको मूल्य रु २ सय नाघेको छ। भारतको भन्सार विभागले हालै ३ हजार ६० किलो टमाटरसहित दुईवटा पिकअप नियन्त्रणमा लिएको छ। नेपालबाट ठूलो मात्रामा टमाटर तस्करले भारत पुर्याइरहेको दावी बीबीसीले गरेको छ।नेपालगन्जमा टमाटरको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। सल्यानको कपुरकोटबाट ट्रकमा बोकेर आउने टमाटरमध्ये ६० प्रतिशत नेपालगन्जमा खपत हुने र ४० प्रतिशत भारतमा निकासी हुने गरेको व्यापारी मोहम्मद सलिम राईले बताए। करिब एक महिनादेखि नेपालबाट टमाटर भारत पठाइँदै आएको जानकारी उनले दिएका छन्।
नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष मोतिसारा थापाले नेपालगन्जबाट दैनिक १५ देखि २० टन टमाटर भारत पठाइने भए पनि अहिले नेपालगन्ज भन्सार कार्यालयले पठाउन गाह्रो भएको बताए। उत्तर प्रदेश महाराजगञ्जका स्थानीय पत्रकार आशिष सोनीका अनुसार नेपाल–भारत सीमामा असारदेखि टमाटरको तस्करी भइरहेको छ।सीमामा टमाटर तस्करी गर्ने एक युवाले भने, ‘नेपालमा टमाटरको मूल्य भारतीय मुद्रामा प्रतिकिलो ४० देखि ६० नेपाली रुपैयाँ रहेकोमा २४ देखि ३८ भारतीय रुपैयाँ पर्छ, नेपालको लुम्बिनी जिल्लाको रुपन्देही, कपुरकोट र अर्घाखाँचीका मण्डीबाट यी टमाटर किनेर भारत पठाइन्छ ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१