
मीनाक्षी कंडेल,नवलपुर । पूर्वी नवलपरासीमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। जिल्लामा असार मसान्त सम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । बिगत बर्षहरुमा असार मसान्तमा सम्म ९० प्रतिशत रोपाई सम्पन्न हुने गरेकोमा यस बर्ष ढिला बर्षा हुदाँ केही प्रतिशत धान रोपाई सम्पन्न गर्न ढिलाई भएता पनि पछिल्लो केही सातादेखि बर्षा भएसगैँ जिल्लामा पचासी प्रतिशत रोपाई सम्पन्न गर्न सफल भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए ।जिल्लाको तल्लो क्षेत्र गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट, विनयी त्रिवेणीमा भने करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ।
पहाडी क्षेत्रमा पर्ने बौदिकाली, बुलिङटारमा भने अनुमानित ५० देखि ५५ प्रतिशत रोपाई भएको बताएका छन । पहाडी क्षेत्रका कतिपय स्थानहरुमा चैतेधान, मकै लगाएका किसानले अब रोपाइँको तयारी गरेको उनले बताए। दुई सातामा पहाडी क्षेत्रमा समेत रोपाइँ कार्यक्रम सम्पन्न हुने जानकारी दिए । रोपाई का निम्ति अझै केही समय रहेको हुँदा साउन १५ गतेसम्म जिल्लामा शत प्रतिशत रोपाई हुने केन्द्रले जनाएको छ । जिल्लामा बढी मात्रामा स्थानीय जातका धान सावित्री, साँवा, रामधान र केही मात्रामा हाइब्रिड धानसमेत लगाइएको बताईएको छ । नवलपुरको तल्लो क्षेत्र गैँडाकोट, अमरापुरी, हर्कपुर, रजहर, दलदले, कावासोतीको पिठौँली, अग्यौली, मध्यविन्दु ,कोल्हुवा, क्षेत्रमा धेरै धानखेती लगाउने गरिन्छ।
नवलपुरमा १८ हजार ८सय१६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाउने गरिन्छ भने यसबर्ष जिल्लामा रोपाईँका लागि मल अभाव नरहेको समेत बताईएको छ । सुरुका अवस्थामा मलको केही मात्रामा मल अभाव भएतापनि अहिले जिल्लामा मल अभाव नरहेको ज्ञान केन्द«का प्रमुख लामिछानेले जानकारी दिए ।प्रदेशबाट बिभिन्न स्थानिय पालिका हुदैँ सम्बन्धित एग्रोभेटबाट मल बितरण गरिने हुदाँ अहिले जिल्लामा मल अभाव नरहेको बताईएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१