
पोखरा।कास्कीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखराबाट लमजुङ बेशीँ शहर जाँदै गरेको ग १ प ८६७६ नम्बरको बसले सोमबार कास्कीको रुपा गाउँपालिका पोल्याङमा ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय विवेक विकको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको हो ।लमजुङको मध्य नेपाल गाउँपालिका ६ भोर्लेटार घर भएका विकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।
मोटरसाइकलमा सवार जितेन्द्र विक गम्भीर घाइते भएका छन् । जितेन्द्रको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ छ ।मृत्यु भएका विवेक र घाइते भएका जितेन्द्र दाजुभाइ हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१