
कैलाली । बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख मृत अवस्थामा भेटिएका छन् ।४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटरअगाडि कुर्सीमा बसेको अवस्थामा मृत फेला परेको नगर प्रमुख जनक कुमार बोहराले जानकारी दिए ।
बुढीनन्दा नगरपालिका-७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिकतर्फका स्थायी कर्मचारी हुन् । लामो समयदेखि रक्तचापको समस्याबाट पीडित दानी समय-समयमा अस्वस्थ भइराख्ने गरेको आफन्तले बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१