
चितवन।ग्यास बुलेटको टुलबक्समा लुकाइएको ७० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । बुधबार दिउँसो साढे १ बजेतिर राप्ती–१ लोथरबाट गाँजासहित उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले भारतीय नम्बर प्लेटको खाली ग्यास बुलेटको सिटमूनि र टुलबक्समा लुकाइएको ११ पोका गाँजा नियन्त्रणमा लिइएको जानकारी दिए ।खैरहनी पर्साबाट पूर्वतर्फ जाँदै गरेको ग्यास बुलेटमा चेक जाँच गर्ने क्रममा गाँजा फेला परेपछि दुई जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको उनले बताए ।
पक्राउ पर्नेहरू भारतको झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोजकुमार पासवान र मकवानपुरको मनहरी–७ का ४५ वर्षीय राजु वाइवा हुन्। दुबै जना गाडीका चालक हुन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१