नवलपुर जिल्लामा लम्पी स्किनबाट चार सय बढि पशुको मृत्यू,छ हजार बढि संक्रमित
नमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण ४, बिहिबार (१ साल अघि)
Advertisement
मीनाक्षी कंडेल, नवलपुर । नवलपुर जिल्लाामा लम्पी स्किन रोगका कारण चारसय बढि पशु चौपायको मृत्यू भएको छ । हाल देशमा नवलपुर सहित देशभर यो रोग प्रकोपले भयावह अवस्था सृजना गरेको छ । जसको असर नवलपुर जिल्लामा समेत देखा परेको छ । लम्पी स्किनले किसानलाई आफनो पशु चौपाया संक्रमित र मर्नुको दुबै पीडा त छदैँ छ,त्यसै माथी यसको र्दीघकालानि रुपमा उपचारको सहजता तथा उपचार नहुँदा अन्य पशु चौपायमा समेत असर पुग्ने हो कि भन्ने क्रास किसानमा छाईरहेको छ । पशु चौपायमा देखिएको सङत्रmमक रोग नियन्त्रणका लागि भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द« नवलपुरले जिल्लामा छ हजार डोज खोप पशुमा दिएको छ । कार्यालयका सुचना अधिकारी सन्दिप लामिछानेका अनुसार लम्पी स्किन रोगबाट ६ हजार २४ पशु चौपाय संक्रमितका हुनुका साथै ४ सय १३ चौपायको मृत्यू भएको जानकारी दिए ।उनले यस रोगको रोगथामका निम्ति बिभिन्न स्थानिय तहको पहलमा सम्बन्धित पालिकाको पशु शाखासँग संक्रममित पशु चौपायको डाटा सङकलन कार्यमा समन्वय गरी जिल्लामा संक्रमित पशु चौपायलाई छ हजार डोज खोप दिएको सुचना अधिकारी लामिछानेले बताए ।
त्यस्तै उनले यस रोग नियन्त्रण तथा रोकथाम कार्य निम्ति किसानले लम्पी स्किन रोगको लक्षण तथा कारणबारे पूर्व जानकारीसँगै गोठ सरसफाई कार्यमा जुटेको बताए । संक्रमित रोगबाट जिल्लाका आठ स्थानिय तहमध्ये सबैभन्दा बढि कावासोती नगरपालिकामा २ हजार १३ पशु चौपायमा यो रोग देखिएको छ । बिनयी त्रिवेणी गाँउपालिकामा एक हजार एक सय नब्बे ,मध्यबिन्दु नगरपालिकामा एक हजार एक सय असी,देवचुली नगरपालिकामा पाँच सय एकासी,गैडाकोट नगरपालिकामा चार सय तेईस,हुपसेकोट गाँउपालिकामा तीन सय एकतीस,बौदिकाली गाँउपालिकामा एक सय चौरासी र सबैभन्दा कम बुलिङटार गाँउपालिकामा एक सय बाईस चौपायमा यो रोग संक्रमण देखिएको सुचना अधिकारी लामछिानेले बताए ।