• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भारतीय पक्षले भन्सारको काम नथाल्दा त्रिवेणी भन्सार कार्यालय अस्थायी पैठारी सङ्कलनमा सीमित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण ५, शुक्रबार (२ साल अघि)
    202302210755-85152c4a-fcbc-48dd-bed7-093abb4ce4da_medium_0jLfSBmMlz-1536x961

    Advertisement

    नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीमा अवस्थित त्रिवेणी भन्सार कार्यालय  सवारी साधनको अस्थायी पैठारी सङ्कलनमा सीमित बनेको छ । भारतीय सीमासँग जोडिएको गण्डकी प्रदेशकै एक मात्र सिमा नाकामा रहेको त्रिवेणी भन्सार कार्यालयबाट मालसामान आयात निर्यातको काम हुन सकेको छैन । मूल भन्सारका स्तरोन्नति गरिएको चार वर्ष बित्दा समेत भारतीय पक्षले भन्सारको काम नथाल्दा मालसामान आयात निर्यातको काम हुन नसकेको हो । त्रिवेणी भन्सार कार्यालयबाट हाल नेपाल भित्रिने भारतीय सवारी साधनको छोटो अवधीका लागि अस्थायी पैठारीको काम मात्रै हुँदै आएको त्रिवेणी भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख चण्डीराज गेलालले बताउनुभयो । यस भन्सार कार्यालयबाट हालसम्म मालवस्तुको जाँचपास हुन नसकेको उहाँले बताउनुभयो । ‘भारतीय व्यक्ति नेपाल आउँदा प्रयोग गर्ने सवारी साधन मोटरसाइकल, जिप ,कार, भ्यानको अस्थायी पैठारी मात्र उठाउने काम हाल गरिएको छ, अन्य मालसामान आयात निर्यातको काम हुन सकेको छैन’ निमित्त कार्यालय प्रमुख गेलालले भन्नुभयो ।

    भारतीय भन्सारमा कर्मचारी नहुँदा उनीहरूले काम नगरेको निमित्त कार्यालय प्रमुख गेलालले बताउनुभयो । आफूहरूले अन्य माल सामान आयात निर्यातका लागि तयार भएपनि भारतीय पक्षले कर्मचारी नभएकाले काम गर्न नसकिने बताउँदै आएको उहाँले बताउनुभयो । ‘हामी काम गर्न तयार छौं, पारी एकजना मात्रै कर्मचारी भएकाले काम गर्न सक्दैनौ भन्ने गरेका छन्, यसले भन्सारबाट सवारी साधनको अस्थायी पैठारी बाहेक कुनै काम हुन सकेको छैन’ निमित्त प्रमुख गेलालले भन्नुभयो । भारतीय पक्षले काम नगर्दा त्रिवेणी भन्सारमा मालसामान आयात निर्यात शून्य बनेको हो । त्रिवेणी भन्सार सञ्चालनका लागि केन्द्रबाट नै भारतीय पक्षलाई अनुरोध गरि भन्सार सञ्चालनको आवश्यक प्रबन्ध गर्नुपर्ने निमित्त प्रमुख गेलालले बताउनुभयो । त्रिवेणी भन्सार कार्यालयमा हाल ९ जना कर्मचारी रहेका छन् । भन्सारको अन्य गतिविधि नहुँदा कार्यालय समेत भाडाको घरबाट सञ्चालन गरिएको छ ।

    त्रिवेणी भन्सार कार्यालयको स्तरोन्नति गर्दै यसलाई पूर्ण रुपमा सञ्चालन गर्न सरकारले पहल गर्नुपर्ने उद्योगीहरूको माग छ । देशकै मध्यभागमा पर्ने नाका भएकाले यहाँबाट आयात निर्यात गर्न सके उद्योगीहरूलाई थप सहज हुने नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठप्रसाद अर्यालको भनाई छ । ‘देशकै मध्यभागमा छ, यसको संचालन गर्न सके आयात भएका सामाग्री देशका कुनै पनि भागमा पुर्यान सहज हुन्छ, निर्यातका लागि समेत यो नाका उत्तम हुन्छ’ अध्यक्ष अर्यालले भन्नुभयो । त्रिवेणी भन्सार कार्यालयलाई व्यवस्थित गर्न सके समग्र देशको अर्थतन्त्र मजबुत बनाउन यसले सहयोग पुर्याउने उहाँको भनाई रहेको छ । भारतीय पक्षसँग समेत यो नाकाबाट आयात निर्यातको काम थाल्ने विषयमा समन्वय गर्न आवश्यक रहेको अर्यालको भनाई रहेको छ ।

    त्रिवेणी भन्सारले उठायो लक्ष्यभन्दा ८९ प्रतिशत बढी राजश्व
    त्रिवेणी भन्सार कार्यालयले आर्थिक वर्ष २०७९ /८० मा लक्ष्य भन्दा ८९ प्रतिशत बढी राजश्व संकलन गरेको छ । निमित्त कार्यालय प्रमुख चण्डीराज गेलालका अनुसार त्रिवेणी भन्सार कार्यालयलाई रु। ५५ लाख राजश्व सङ्कलनको लक्ष्य दिइएको थियो । कार्यालयले गत आर्थिक वर्षमा रु। एक करोड ४ लाख राजश्व संकलन गरेको निमित्त प्रमुख गेलालले बताउनुभयो । त्रिवेणी भन्सार कार्यालयले गत आर्थिक वर्षमा उठाएको सबै रकम भारतीय सवारी साधनको अस्थायी पैठारी बापतको शुल्क मात्रै भएको निमित्त कार्यालय प्रमुख गेलालले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution