
मीनाक्षी कंडेल / नवलपुर। पूर्वी नवलपरासीको कावासोती नगरपालिका शिक्षा शाखाद्धारा आयोजित नगर भित्रका शिक्षकहरुले निर्माण गरेको शैक्षिक सामाग्री निर्माण प्रतियोगिताको प्रर्दशनी शनिबार गरिने भएको छ । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत तीन सय शिक्षकहरुद्वारा निर्मित शैक्षिक सामाग्री भोली शनिबार कावासोती नगरपालिका २ स्थित शिव नमुना मा.विमा प्रर्दशनी गरिने भएको हो । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुद्वारा निर्मित शैक्षिक सामाग्रीलाई नगर स्तरीय प्रतिस्पर्धामा मुल्यांकन गरेर पुरस्कृत गरिने कावासोती नगरपालिकाका शिक्षा शाखा अधिकृत राजन पाण्डेले जानकारी दिए ।त्यस्तै उनले गरेर सिक्ने, गरेर सिकाउने सिकाईललाई दिगो र रहर लाग्दो बनाउने उद्धेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा प्रतियोगी शिक्षकको शैक्षिक सामाग्रीलाई मूल्याङकन गरी छ वटा विधामा पुरस्कृत गरिने जानकारी दिए ।
प्रतियोगिताले शिक्षण सिकाई कृयाकलापमा सहजता प्रदान गर्नुका साथै बिद्यार्थीले शैक्षिक सामागी्रद्धारा छोटो समयमा अर्थपूर्ण शिक्षा हासिल गर्न सकिने बताए । त्यस्तै आयोजित शैक्षिक सामाग्री प्रर्दशनी कार्यक्रममा कावासोती नगरपालिका बाहेक छिमेकी नगरभित्र रहेका शिक्षक तथा बिद्यार्थीहरुले समेत शैक्षिक सामाग्री अवलोकन गर्न पाउने शिक्षा शाखा अधिकृत पाण्डेले बताए । नगरपालिकाले यहि असार ३१ गते सम्म शिक्षकद्वारा निर्मित शैक्षिक सामाग्री शिक्षा शाखामा पेस गर्न सूचना गरेको थियो । सूचनामा भनिए अनुसार उत्कृष्ट हुने शैक्षिक सामाग्रीलाई नगर स्तरीय प्रदर्शनीमा राखिने , उत्कृष्ट शैक्षिक सामाग्री निर्माण गर्ने शिक्षकलाई पुरस्कृत गरिने तथा नगर स्तरीय शैक्षिक सामाग्री निर्माणका लागि आयोजना गरिने तालिम तथा कार्यशालामा विज्ञको रुपमा स्थान दिईने छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१