
काठमाडौं ।फिलिपिन्समा आयोजित ‘क्राउन्ड एम्बेसडर इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिकाले दुई शीर्षसहित पाँच उपाधि जितेका छन् । राजधानी मनिलामा हालै सम्पन्न प्रतियोगिता जितेस सबै बालबालिका हिजो (आइतबार) साँझ स्वदेश फर्किएका हुन् ।नेपाली बालबालिकाले प्राप्त गरेको उपाधि देशका लागि ठूलो उपलब्धि भएको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा फेसन कोच राज फैजुले बताए । त्यस्तै प्रतियोगितामा नेपालका तर्फबाट सहभागी संयक श्रेष्ठले ‘योङ प्रिन्स क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ को शीर्ष उपाधि जित्दा लावेन लिम्बूले ‘योङ प्रिन्सेस क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’को शीर्ष उपाधि हात पारिन् । यही प्रतियोगिताअन्तर्गत दर्शना संग्रौला फस्ट रनरअप भएकी छन् ।
सोही कार्यक्रममा आयोजित ‘टिन क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’मा रिदिमा नेपालले फस्ट रनरअपको उपाधि जित्दा सिजना प्रधानले भने ‘योङ प्रिन्सेस क्राउन्ड एम्बेसडर कल्चर इन्टरनेसनल’ सबटाइटल प्राप्त गरिन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१