
काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकै बीचमा पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य शशांक कोइरालाले चियापान कार्यक्रम आयोजना गरेको छन् । काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्युटमा कोइरालाकले चियापान कार्यक्रम गरेका हुन् । चियापान कार्यक्रममा केन्द्रीय सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, बागमती प्रदेश सांसद, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिसहित कांग्रेस कार्यकर्ताको उपस्थिति रहेको छ ।
शशांक निकटस्थहरु साउन २ गतेदेखि जारी केन्द्रीय कार्यसमितिमा देखिएको मत विभाजनको मिलनका रुपमा चियापान कार्यक्रमलाई अर्थ्याउछन् । उनले भने -‘हामी एक भएर जाऔँ । हामीलाई कसैले हराउन सक्दैन । केन्द्रीय समिति बैठकबाट एकताको सन्देश बोकेर जानुपर्छ । तपाईंहरु आइदिनु भयो । सबैलाई धन्यवाद ।’ चियापानमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, परराष्ट्रमन्त्री एनपी साउद, मिनेन्द्र रिजाल, विनोद चौधरी लगायतका शीर्षक नेता पनि सहभागी थिए ।
देउवाले चिया खान बोलाएकोमा शशांकलाई धन्यवाद दिए पनि थप केही बोलेनन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१