• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा लोप हुदै थारु समुदायको रैथाने घरहरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण १०, बुधबार (३ साल अघि)
    tharu

    Advertisement

    मीनाक्षी कंडेल कावासोती । पछिल्लो समय थारु समुदायको परम्परागत पहिचान बोकेका रैथाने घरहरु लोप हुन थालेका छन । थारुबस्तीमा काठले बनाएका परम्परागत घरहरु अचेल बन्न छाडिसकेका छन ।‘आजकल इँटा, ढुङ्गाका घर बन्न थालेका छन’, कावासोती नगरपालिका १७ का स्थानीय देविका महतोले भनिन् – काठबाट बन्ने घर बन्न छाडिसकेका छन ।’ काठले निर्माण गरिएका थारु बस्तीका अधिकाशं घर माटोले लिपपोत गरिएका हुन्छन । घर छेउमै गाईभैंसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन । तर अहिले भने डगौरा, चौधरी थारू र रानाथारू समुदायको बस्ती यस्ता घर देखिन छाडेका छन । पूर्वी नवलपरासी नवलपुरको कावासोती, मध्यबिन्दु, देवचुली, गैंडाकोट लगायत क्षेत्रमा थारु समुदायको बाक्लो बस्ती छ । पहिले परम्परागत रुपमा यस समुदायले निर्माण गर्ने घरहरु र पछिल्लो समय निर्माण भएका घरहरुमा हामी धेरै अन्तर पाउँछौँ कारण हो, यस समुदायको बिलासी जिवन जिउन चाहनु । पछिल्लो समय परिवारका सदस्य बैदेशिक रोजगारमा जाने अथवा पेशा व्यवशायबाट राम्रो आर्थिक स्तर उकासिए सँगै उनीहरुको ईच्छा आकाङ्क्षामा समेत परिवर्तन आउनुले पनि यस समुदायको पुराना घरहरु लोभ हुदैँ जान थालेको छ ।

    धमाधम पक्की घर निर्माण हुँदै गएपछि परम्परागत काठले निर्माण गरिएका घर लोप हुँदै गएको थारु पत्रकार संघ नवलपुर जिल्ला अध्यक्ष खेमनारायण महतोको भनाइ छ । ‘घरसँगै गाई भैँसीको गोठ हुन्थ्यो, तर अहिले गोरु, गाई, भैँसीपालन नै हराउन थालेको छ’ उनले भने, ‘सहजै काठ पाइदैन, धेरै जसो पक्की घर बनाउने हुनाले परम्परागत घर हराउँदै गएका छन ।’ उनका अनुसार विगतमा यस जिल्लाका थारु समुदाय एउटै परिवारमा सय÷डेढ सय जनासम्म बसोबास गर्थे । तर अहिले १० र १५ जनाको परिवार पनि भेटिँदैन । ‘विगतको जस्तो संयुक्त परिवार पनि हुँदैन, बिहे गरेपछि छुट्टिएर बसिहाल्छन,’ उनले भने । रोजगारीका लागि तेस्रो मुलुक जाने क्रम बढेसँगै थारु बस्तीमा पक्की घर बनाउने क्रम बढेको थारु पत्रकार संघ नवलपुर जिल्ला अध्यक्ष महतो बताए । ‘अहिले नयाँ कच्ची घर कोही बनाउँदैनन्, त्यतिमात्रै होइन कच्ची घर बनाउने मान्छे पनि गाउँमा भेट्न मुश्किल पर्छ’ उनले भने, ‘सहजै काठ, छाउने खपेटा, खरखडाई पनि पाइदैन, विगत भन्दा अचेल आर्थिक अवस्था पनि मजबुत भएकाले पक्की घर नै सबैंको रोजाईँमा छ ।’ कच्ची घर वर्षेनी लिपपोत गर्नुपर्ने, छानो फेर्नुपर्ने लगायत झन्झटले पराम्परागत घर विस्थापित हुँदै गएको स्थानीयको भनाइ छ । पहिले पहिले अधिकांश चैत वैशाखमा थारू समुदायको माटोको घर मर्मत तथा पुनःनिर्माणको काम हुने गर्दथ्यो । ‘अग्लो भेगमा लहरै घर र होचो भेगमा खेतीपाती गर्ने चलन थियो ।’ महतोले भने ।

    थारु समुदायको परम्परागत घरहरु लोभ हुनुको प्रमुख कारण स्थानीयस्तरमा उत्पादित लोकल सामाग्रीको सहज उपलब्धता नरहेको होमस्टे महासंघ गण्डकी प्रदेशका अध्यक्ष धनिराम गुरौँले बताए । उनी भन्छन,– ‘पहिले परम्परागत घर निर्माणका लागि आवश्यक बाँवियो, दाउरा, काठका सामागी्र चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनहरुद्वारा सहजै उपलब्ध हुन्थ्यो, तर पछिल्लो समय निकुञ्जले प्रवेशमा रोक लगाए सँगै परम्परागत घरहरु जोगाउन मुस्किल भएको छ ।’ जनसंख्या वृद्धि र जमिन खण्डीकरणले अहिले होचो खेतीपाती हुने जमिनमा पनि घर निर्माण भइरहेका छन् ।

    थारु समुदायको मुख्यतयः पहिचान बोकेका यस क्षेत्रका रैथाने घर संरक्षणसँगैँ कला, धर्म, संस्कृतिलाई होमस्टेको माध्यमबाट संरक्षण कार्यमा आफूहरु जुटिरहेको कावासोती नगरपालिकाको पूर्व नगर उप–प्रमुख प्रेमशङकर मर्दनिया थारुले बताए ।
    अहिले परम्परागत घरहरुमा हुने खर, बावियो, खपेटा लगायत सामाग्री र निर्माण गर्न आवश्यक सामाग्रीको सहज रुपमा नपाईने र दीर्घकालीन रुपमा टिकाऊ समेत नहुँने हुँदा थारु समुदायले पछिल्लो समय कंक्रिटका सामाग्रीको प्रयोग गरी आधुनिक शैलिका घरहरु निर्माण गर्नेगरेको मर्दनियाले बताए ।परम्परागत पहिचान बोकेका थारु समुदायको रैथाने घरहरु संरक्षण लागि सम्बन्धित पक्षसहित संरक्षण कार्यमा थारु समुदाय पनि अग्रसर हुन आवश्यक रहेको उनी बताँउछन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution