
काठमाडौं।नेपाली बजारमा सुनको भाउ आज ८ सयले बढेर १ लाख १३ हजार ५ सय पुगेको छ। साताको पाँचौँ दिन सुनको मूल्य एक लाख १३ हजार नाघेको हो। बुधवार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १२ सयले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।साउन ४ गते सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो। यस दिन सुन तोलामा १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज बजारमा चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१